आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवाको निर्देशन पछि घट्याे पीसीआर परिक्षण शुल्क
समाचार

प्रधानमन्त्री देउवाको निर्देशन पछि घट्याे पीसीआर परिक्षण शुल्क

काठमाडाैं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआर परिक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन गरेका थिए । सोही निर्देशन अनुसार आज स्वास्थ्य मन्त्रालयले पीसीआर परिक्षणको शुल्क घटाएको छ ।

विज्ञापन

 

विज्ञापन

अव सरकारी अस्पतालमा भर्ना भएको विरामीको निशुल्क पीसीआर परिक्षण हुने र परिक्षणमात्रै गर्नेलाई ८ सयभन्दा बढि लिन नपाउने निर्णय भएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परिक्षणको एक हजार रुपैया शुल्क लाग्दै आएको थियो ।

त्यसैगरी निजी अस्पताल तथा ल्याबहरुले १५ सयभन्दा बढि शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस