सोमवार, माघ १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेयर रेनुद्वारा बौद्ध गुम्बाको शिलान्यास, नपुग रकम महानगरले दिने
समाचार

मेयर रेनुद्वारा बौद्ध गुम्बाको शिलान्यास, नपुग रकम महानगरले दिने

चितवन ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले बौद्ध गुम्बा भवनको शिलान्यास गरेकी छिन । बिहिवार भरतपुर २० को नयाँ बजारमा रहेको उपभोक्ता निर्माण सिमितले आयोजना गरेको समारोहका बिच उनले श्री सम्बोलिङ गुम्बा भवनको शिलान्यास गरेकि हुन ।

शिलान्यास कार्यक्रम पस्चात आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकि मेयर दाहालले स्थानीय सरकार सामाजिक कामको लागि जस्तोसुकै सहयोग गर्न पनि पछि नपर्ने बताइन । अहिले सबै वडाहरुले बजेट खर्च गर्ने स्थानको पहिचान गरिसकेकोले यस गुम्बालाइ प्रदेश सरकारबाट आएको र स्थानियबाट संकलन भएको बाहेक नपुग रकम महानगरले उपलब्ध गराउने प्रतिबद्धता जनाइन।

विज्ञापन

 

अब आफुहरुको कार्यकाल २/४ महिना मात्र बाकि रहेको तर कुनै कारणले अर्को बजेट ल्याउन पाएको खण्डमा यस सम्बोलिङ गुम्बालाइ महानगरकै बजेटमा पार्ने उनको भनाइ थियो। बिस २०७२ सालको भुकम्पमा गुम्बामा क्षति पुगेर काम नलाग्ने भएपछि गुम्बाको अर्को भवन निर्माण गर्न लागिएको हो।

भुकम्प पुनः निर्माण प्राधिकरणको निर्णयबाट गुम्बा निर्माणको लागी ३६ लाख बजेट प्राप्त भएपछि गुम्बा निर्माणको कामलाइ अगाडि बढाइएको उपभोक्ता निर्माण समितीका अध्यक्ष कृष्ण लामाले बताए। गुम्बा भवन निर्माण भन्दा पनि गुम्बाको भित्रि भागको रंग रोगन र आकृति निर्माण गर्न धेरै खर्च लाग्ने भएकोले सबैलाइ आत्मै देखि सहयोग गर्नु लामले अनुरोध गरे।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि डिलाइट अब्रोड स्टडिजका सिइओ सुजन थापा क्षेत्रीले सबैले मन बचन र कर्मले सहयो गरेमा गुम्बा निर्माणमा सजिलो हुने बताए । सामाजिक कार्यमा आफु सधै अगाडी आउने बिचारको भएकोले आफ्नो कम्पनीले सुरुमा २० हजार दिएर सहयोग गरेको उनले बताए । कार्यक्रममा भरतपुर १९ का अध्यक्ष कर्ण बहादुर गुरुङ ,भरतपुर २० का कार्यबहाक अध्यक्ष यज्ञ प्रसाद घिमिरे ,समाजसेवि तथा काङ्ग्रेस नेता बिष्णु ढकाल , वडा १९ का एमाले नेता शिबराम सुबेदि , वडा नम्बर २० का माओबादि नेता बलराम भण्डारी लगायतले बोल्दै गुम्बा निर्माणमा प्रतिबद्धता जनाएका थिए।

उपभोक्ता निर्माण समितीका अध्यक्ष कृष्ण लामाको सभापतित्वमा भएको कार्यक्रममा गुम्बाका लामा उत्तम लामाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजिकरण मान बहादुर थिङले गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस