शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • बतास सफलतातर्फ अग्रसर व्यवसायी हुन्, चरित्र हत्या गर्नु ठीक होइन : कमल थापा
समाचार

बतास सफलतातर्फ अग्रसर व्यवसायी हुन्, चरित्र हत्या गर्नु ठीक होइन : कमल थापा

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आनन्दराज बतासमाथि अहिले चौतर्फी हमला भइरहेको भन्दै उनको चरित्रहत्या गरिनु नभएको बताएका छन् ।

विज्ञापन

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले बतासबारे आफूलाई भित्री कुरा थाहा नभएको स्पष्ट पारेका छन् । ‘आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्’, उनले भनेका छन्, ‘उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्र हत्या गरिनु ठीक होइन ।’

विज्ञापन

यसअघि नारायणहिटी दरबार संग्रहालय हाताभित्र रेस्टुरेन्ट सञ्चालन गरेपछि बतास समूहको गतिविधि चर्चामा आएको हो। तर व्यापक आलोचनापछि उसले बनाएको रेस्टुरेन्ट सरकारले केही दिनअघि मात्र भत्काइसकेको छ । बतास समूहले उपल्लो तहमा राजनीतिक साँठगाँठ गरी सरकारी सम्पत्तिमा रजाइँ गरिरहेको आरोप पनि लागेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस