शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • राष्ट्रिय पोसाकको प्रस्ताव क्याबिनेटमा लैजान्छु : प्रेम आले
समाचार

राष्ट्रिय पोसाकको प्रस्ताव क्याबिनेटमा लैजान्छु : प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अव बस्ने क्याबिनेटबाट राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोसाक दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने क्याबिनेटबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिएका हुन् ।

 

विज्ञापन

उनले भने, ‘हामीले अहिलेसम्म राष्ट्रिय पोसाक मात्रै मनाइराख्ने हो कि ? त्यसलाई कार्यान्वयनमा ल्याउने हो ? यो विषयमा मैले अध्यक्षज्यूलाई भने तपाईंहरू पूरा तयारीको साथ आउनुहोस् । मलाई लाग्छ, आज पौष १७ गते । यो कार्यक्रम मनाइरहँदा माफ गर्नु होला, तपाईंहरूले अलि अगाडि एक, डेढ महिना अगाडि नै आएर यो विषयमा वृहत् छलफल गरेर सम्माननीय प्रधानमन्त्रीदेखि लिएर विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरूसँग समन्वय गरेर हामीले यही १७ गते आज क्याबिनेटबाट पास गराएर मनाउन पाएको भए अझै भव्य र सभ्य हुन्थ्यो भन्ने मलाई लाग्दछ । यसमा हामी चुकेका छौँ । तर छिट्टै म यही मञ्चबाट तपाईंहरूलाई आग्रह गर्न चाहन्छु । छिटोभन्दा छिटो कृपया, तपाईंहरूले तयारीका साथ आउनु होला । आज भएको कार्यक्रमको सन्देश पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनाउनेछु । र तपाईंहरू पूरा तयारीका साथ आउनुहोस् । म मेरो मन्त्रालयको तर्फबाट, मेरो तर्फबाट यसलाई आधिकारिकता दिनका लागि क्याबिनेटमा यो फाइल लग्नेछु भन्ने कुरा म तपाईंहरूलाई विश्वस्त बनाउन चाहन्छु ।’

विज्ञापन

मन्त्री आलेले नेपाली पोसाक हरेक नेपालीको पहिचान भएको बताउनु भयो । कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोसाक नेपालीहरूको राष्ट्रिय गौरव भएको बताउनु भयो । उहाँले राष्ट्रिय पोसाकको कुरा गर्दा जातीय पोसाकको महत्त्व कम नहुने पनि स्मरण गराउनु भयो । कार्यक्रममा नेपाली भाषा, संस्कृति र पोसाकको प्रवर्द्धनमा योगदान पु¥याएकाहरुलाई सम्मान पनि गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस