शनिबार, पुस ६, २०८१
  • होमपेज
  • समाचार
  • ओली सरकारमा रहँदा एमसीसीबारे जथाभावी हस्ताक्षर गरे, अहिले तमाशा हेरेर बसेका छन् : अध्यक्ष नेपाल
समाचार

ओली सरकारमा रहँदा एमसीसीबारे जथाभावी हस्ताक्षर गरे, अहिले तमाशा हेरेर बसेका छन् : अध्यक्ष नेपाल

रौतहट ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कसैसँग सल्लाह नगरी एमसीसी सम्झौतामा जथाभावी बुँदाहरु राखेर हस्ताक्षर गरेकोे आरोप लगाउँदै अहिले सरकार बाहिर बसेर तमाशा हेरिरहेको बताएका छन् ।

विज्ञापन

आफ्नो गृह जिल्ला रौतहटको वृन्दावन नगरपालिका–५ नरकटीयामा रहेको नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओली सरकारले बिगारेकाले अहिलेको सरकारलाई समस्या परेको जिकिर गरेका हुन् ।

विज्ञापन

 

‘सम्झौतामा नयाँ–नयाँ कुरा राखेर ओली सरकारले हस्ताक्षर गरेकाले अहिले समस्या खडा भएको छ’ उनले भने, ‘बिगार्ने एउटाले अनि समस्यालाई हामीलाई परेको छ । उनी त सरकारबाट हटे, सरकारमा त हामी हामी छौँ । उनी बाहिर बसेर तमाशा हेरेर बसेका छन् ।’

त्यस्तै उनले पाँच दलीय गठबन्धनको सहमतिमानै एमसीसीको बारेमा निर्णय लिइने जनाएका छन् । आफूले एमसीसीका प्रतिनिधिहरुसँग भेटेको र भेटमा आफूले नेपाल कुनैपनि किसिमको सैनिक गठबन्धन, सुरक्षा रणनीतिमा सहभागी नहुने स्पष्ट पारेको बताए ।

 

उनले नेपालको भूमि कुनैपनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्न नदिइने भन्दै एमसीसीबारे गठबन्धनमा छलफल भइरहेको उल्लेख गरे । ‘हामी गठबन्धनमा सबै काम सल्लाहले गर्छौं’, उनले भने, ‘हाम्रो देशको जमिन, विकास, रोजगारमा हाम्रो अधिकार हुनुपर्छ । यसमा कुनै हस्तक्षेप हुनुहुँदैन ।’

उनले थप भने, ‘एमसीसीका प्रतिनिधिसँग मैले यिनै कुरा राखेको छु । उनीहरुले सकारात्मक जवाफ दिएका छन् । तर लिखित प्रतिवद्धता नआउनुन्जेल जनतालाई विश्वास हुँदैन ।’

त्यस्तै, उनले भारत, चीन, अमेरिका, युरोप सबैको चित्त बुझ्ने गरी सम्झौता हुनुपर्नेमा जोड दिए । अर्को एक प्रसंगमा उनले कृषकहरुले मल नपाउनु निकै दुःखद् भएकाले यसको समाधानको लागि कृषि मन्त्रीसँग कुरा गर्ने प्रतिवद्धता जनाए ।

सरकारले मलको दीर्घकालीन समाधानको लागि नेपालमै मल काराखाना खोल्नुपर्नेमा जोड दिदैँ उनले कृषकहरुले पनि रासायनिक मलभन्दा पनि बढी प्रांगारिक मलमा जोडदिनुपर्ने सुझाए । उक्त कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, पूर्व स्वास्थ्य राज्यमन्त्री वंशिघर मिश्र लगायतका केन्द्रीय एवम् स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस