आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • एमालेको नेतृत्व धुन्धुकारि प्रवृत्तिबाट ग्रस्त छ : झलनाथ खनाल
समाचार

एमालेको नेतृत्व धुन्धुकारि प्रवृत्तिबाट ग्रस्त छ : झलनाथ खनाल

काठमाडौं।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मूर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन्। बुधवार संसद बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको आरोप लगाए।

विज्ञापन

‘संसद अवरोध गर्नु मूर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन। संसद जनताको आवाज उठाउने थलो हो। यो थलोलाई नै बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?,’ उनले भने, ‘यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारि प्रवृत्ति हो। धुन्धुकारि प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ।’

विज्ञापन

खनालले एमाले नेतृत्व धुन्धुकारि प्रवृत्तिबाट ग्रस्त बनेको टिप्पणी पनि गरे। संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने थलो भए पनि एमालेले त्यसको गरिमा बुझ्न नसकेको नेता खनालले आरोप लगाए। विचार सकिएको एमालेले गरिरहेको बल प्रयोग मूर्खतापूर्ण भएको उनको टिप्पणी छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस