आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • समाचार
  • ‘बले’सँग ब्रेकअपपछि पत्रकार सम्मेलनमै रोइन् प्रिज्मा
समाचार

‘बले’सँग ब्रेकअपपछि पत्रकार सम्मेलनमै रोइन् प्रिज्मा

लामो समयदेखिको प्रेम सम्बन्ध छुटेको खबर सार्वजनिक भएयता हास्य कलाकार सागर लम्साल अर्थात् ‘बले’
र टिकटक स्टार प्रिज्मा खतिवडा चर्चामा छन्।

खासगरी यसमा प्रशंसकले बलेलाई दोष दिँदै उनको व्यापक आलोचना गरिरहेका छन्। सामाजिक सञ्जालमा उनीविरुद्ध अश्लील गालीको वर्षा नै गरिएको छ।

विज्ञापन

जसले प्रिज्मा निकै दुःखी भएकी छन्। यसै साता काठमाडौंमा छलछल बोलको म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा प्रिज्माले पत्रकारसामु आँसु नै झारिन्। यति मात्र होइन, उनले पूर्वप्रेमी सागरसँग माफीसमेत मागिन्।

विज्ञापन

आफ्ना कारण बलेले गाली खानुपरेको भन्दै पत्रकार सम्मेलनमै प्रिज्मा भक्कानिएकी हुन्। उनले भनिन्, ‘म सागर सर, दर्शक र उहाँका शुभचिन्तकसँग माफी माग्न चाहन्छु। मेरा कारण उहाँले गाली खानुपरेको छ। यसले मलाई दुःखी बनाएको छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस