Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • समाचार
  • पौडेललाई साझा उम्मेदवार बनाउन इतर समूहबाट बन्यो यस्तो सहमती, देउवालाई बिदा गर्ने तयारी
समाचार

पौडेललाई साझा उम्मेदवार बनाउन इतर समूहबाट बन्यो यस्तो सहमती, देउवालाई बिदा गर्ने तयारी

नेपाली कांग्रेसको इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका उम्मेदवार हुने सम्भावना बढेको छ।

पार्टीको चौधौं महाधिवेशन सुरु हुन केही घण्टा समय बाँकी रहेको अवस्थामा नेताहरुले वरिष्ठ नेता पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने सहमति जुटाउन लागेका हुन्।

विज्ञापन

पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने निष्कर्ष निकालेको हो।

विज्ञापन

बोहोराटारमा भएको यो बैठकमा डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी र गगन थापा लगायत सहभागी भएका थिए।

नेताहरुले पौडेललाई सभापतिको साझा उम्मेदवारीको टुंगो लगाउन शुक्रबारै साँझ ५ बजे अनुपम फुडल्यान्डमा बैठक डाकेका छन्। त्यही बैठकबाट पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने दिशामा नेताहरु पुगेका हुन्।

नेताहरुले सभापतिको साझा उम्मेदवारका लागि पौडेलसँग पनि सम्वाद गरेका छन्। उनीहरुले पौडेलसँगको छलछल गरेपछि अन्य दाबेदारलाई पनि ब्याक गराउने तयारी गरेका छन्।

पौडेलले आफ्नो समूहको सभापतिबारेमा नेताहरुलाई छलफल गरेर निचोडमा पुग्न भनेका छन्। उनले टिमको सर्वसम्मत उम्मेदवार भए मात्रै सभापति लड्ने बताएका छन्।

यस्तोमा नेताहरुले आफूहरुको टिमको नेता नै पौडेल भएको बताउँदै यो पटक पार्टीको नेतृत्व लिएर अघि बढ्न आग्रह गरेका थिए। उनीहरुले शुक्रबारै साँझ ५ बजे बसेर पौडेललाई सभापतिको साझा उम्मेदवारमा अघि सार्ने निष्कर्ष निकालेका छन्।

पौडेलले आफू राजनीति नै छाडेर बस्न पनि तयार रहेको बताएपछि नेताहरुले उनलाई अघि सर्न भनेका हुन।

‘तपाईं त्यसो भन्न पाउनु हुन्न। हिजो पनि तपाईं नै टिमको नेता हो। आज पनि टिमकै नेता हो। तपाईले लिडरसिप गर्नुपर्छ’, उनीहरुले भने, ‘५ बजे डिक्लियर गर्नुपर्छ। जो जो आउँछन् आउँछन्। आकांक्षीहरु नआउने आउँदैनन्। तर अब तपाईं नै लड्नु पर्छ।’

नेताहरुले शशांक र शेखर कोइरालाको पनि साथ लिएर लड्न पौडेललाई सुझाउका छन्। पौडेलले महाधिवेशन उद्घाटनमा नआउने भनेपछि नेताहरु बोहोराटार पुगेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस