नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अहिले नै खत्तम भइसकेको बताएका छन्।
खेलकुद महासंघ समाजवादी प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार झापाको दमकमा सम्बोधन गर्नै नेपालले यस्तो बताएका हुन्।
विज्ञापन
‘हामी आत्तिनुपर्ने केही पनि छैन। हाम्रो पार्टी सुदूरपश्चिममा सबैभन्दा बलियो छ। माओवादी र कांग्रेस दोस्रो, तेस्रो छन्’, उनले सम्बोधनका क्रममा भने, ‘केपी ओलीको पार्टी त खत्तम।’
विज्ञापन
नेपालले प्रदेश २ मा पनि ओलीको पार्टीको हरिबिजोग भएको बताए। ‘प्रदेश २ मा पनि केपी ओलीको पार्टीको हरिबिजोग भएको छ’, उनले भने, ‘अब हामीले राम्रो काम गरौँ। प्रदेश सरकारले पनि पहिले गर्न नसकेका काम गरौँ। नराम्रो काम नगरौँ।’
नेपालले आफ्नो संगठन देशमा ७६ जिल्लामा पुगेको बताउँदै अब हिमालपारिको जिल्ला मनाङमा पनि कमिटी बन्ने बताए। ‘मनाङमा पनि हाम्रो संगठन बनेपछि हामी देशभर जित्दै जानेछौँ’, उनले भने, ‘अब हामी घर घरमा अभियान लिएर जान्छौँ। टोल टोलमा पुग्छौँ। विजय अभियान थाल्छौँ। अब हामी सबैलाई कलम बाँडौँ, अनि कलम चिन्हलाई भोट आउनेछ।’
फेसबुक प्रतिक्रियाहरु