नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छाडेका नेता प्रभु साहमाथि फेरि कटाक्ष गरेका छन्।
रौतहट जिल्लाबाट आएकालाई बिहीबार पेरिस डाँडामा पार्टीमा प्रवेश गराउने क्रममा उनले यस्तो भनेका हुन्।
विज्ञापन
‘पहिले त ओली गुटकै मान्छे थिए, तिनको प्राकृतिक स्वरुप त ओलीकै थियो’, साहप्रति लक्षित गर्दै उनले भने, ‘बीचमा सच्चिँन्छु भनेर माओवादीमै आए। तर
कुकुरको पुच्छर बांगाको बाङ्ग्यै भने जस्तै उनी फेरि केपी गुटमै गए।’
विज्ञापन
प्रदेश २ माओवादीका प्रभावशाली नेता साह २०७७ फागुन २३ पछि एमालेमा आएका थिए। उनी एमालेको चौधौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भइसकेका छन्।
फेसबुक प्रतिक्रियाहरु