Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • समाचार
  • दार्चुलामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न,एमाले र काँग्रेस परित्याग गरी १०२ जना माओवादीमा प्रवेश
समाचार

दार्चुलामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न,एमाले र काँग्रेस परित्याग गरी १०२ जना माओवादीमा प्रवेश

दार्चुला। 

नेकपा माओवादी केन्द्रको अपिहिमाल गाउँपालिका सम्मेलन सम्पन्न भएको छ।

विज्ञापन

हिजो (मंगलवार) अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा सञ्चालन गरिएको सम्मेलन कलम सिह बोहराको अध्यक्षतामा ५५ सदस्यिय गाउँ कमिटी गठन गर्दै सम्पन्न भएको हो।

विज्ञापन

गाउँपालिका कमिटी अध्यक्षमा कलकसिह बोहरा, उपाध्यक्षमा धर्मसिहँ धामी, दिलमाया लौथ्याल, प्रेमराज टमटा चयन हुनुभएको गाउँकमिटी अध्यक्ष कलकसिह बोहराले जानकारी दिनुभयो। यस्तै आज सम्पन्न सम्मेलनबाट सचिवमा नरेन्द्र ठेकरे, कोषाध्यक्षमा उद्धव वोहरा र सह सचिवमा राजेन्द्रसिह धामी चयन भएको दार्चुला जिल्ला अखिल क्रान्तिकारी का अध्यक्ष अशोक सिंह धामीले जानकारी दिनुभयो ।

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एबं सुदूरपश्चिम प्रदेश सहइन्चार्ज लक्ष्मणदत्त जोशीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा सूदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री तथा माओवादी केन्द्रका दार्चुला जिल्ला इन्चार्ज मानबहादुर धामीको विशिष्ट आतिथ्यता रहेको थियो ।

गाउँपालिका सम्मेलनमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एवं मार्मा गाउँपालिका अध्यक्ष जमनसिहँ धामी, मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।

माओबादी केन्द्रको दुहुँ गाउँपालिकामा १६ गते, व्यास गाउँपालिकामा १७ गते, महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा १८ गते र लेकम गाउँपालिकामा १९ गते पालिका सम्मेलन आयोजना गरिएको नेता जमनसिंह धामीले बताउनुभयो ।

गाउँपालीकाको सम्मेलनबाट एमाले र काँग्रेस परित्याग गरी १०२ जना माओवादी केन्द्रमा प्रवेश गरेको पनि धामीले जानकारी दिनु भयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस