पार्टीको १०औं महाधिवेशनका लागि चितवनको सौराहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्व सम्बन्धमा सहमति जुटाउन अहिले छलफल गरिरहेका छन्।
अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई पनि उनले छलफलमा बोलाएका छन्।
आफू बसेको सौराहास्थित पार्क सफारी रिसोर्टमा अध्यक्ष ओलीले शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका हुन्।
विज्ञापन
रावल पुगे/नपुगेकाे थाहा हुन सकेकाे छैन। तर उनलाई पनि छलफलमा डाकिएको एक नेताले जानकारी दिएका छन्।
विज्ञापन
ओली बिहीबारै चितवन पुगेर पार्क सफारी रिसोर्टमा बसिरहेका छन्।
नेकपा हुँदैदेखि सुरु भएको विग्रहले एमालेलाई पनि पिरोलेर घाइते बनाएको अवस्थामा महाधिवेशन हुँदै गर्दा ओलीमाथि सहमतिबाटै नेतृत्व छान्न चर्को दबाब परेको छ।
फेसबुक प्रतिक्रियाहरु