Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ २५, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वप्रधानमन्त्री प्रचण्ड,७ मन्त्री र उच्च सरकारी अधिकारीसहित भरतपुरको विकास बहस सुरु
समाचार

पूर्वप्रधानमन्त्री प्रचण्ड,७ मन्त्री र उच्च सरकारी अधिकारीसहित भरतपुरको विकास बहस सुरु

चितवन ।

भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,७ मन्त्री र उच्च सरकारी अधिकारीसहित संमृद्ध भरतपुरका लागि विकास बहस सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको कार्यक्रममा संघीय सरकार र वागमती प्रदेशका समेत गरी आधादर्जनभन्दा बढी मन्त्री उपस्थित भएर विकास बहसमा भाग लिएका छन भने दुईवटा प्रदेशका प्रमुखसमेत अहिले चितवनमै छन् ।

विज्ञापन

अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, महिला वालवालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मी, विना विभागीयमन्त्री उमेश श्रेष्ठ र वागमती प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण खनाल,बागमती प्रदेशका सांसदहरु बहसमा सहभागी छन । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनसमेत चितवनमै छन् । उनीहरु दुवैजना चितवनका बासिन्दा हुन् ।

विज्ञापन

 

 

 

विकास बहसमा मन्त्रीहरुका साथै सरोकारवाला मन्त्रालयका सचिव, विभागीय महानिर्देशकसहित उच्च पदस्थ सरकारी अधिकारीहरु समेत सहभागी भएका छन ।भरतपुरको विकासका लागि विभिन्न योजनाहरुको कार्यान्वयन, वजेट व्यवस्थापन लगायतका विषयमा बहस हुने सो कार्यक्रमलाई प्रचण्डको निर्वाचन केन्द्रित शक्ति प्रदर्शनका रुपमा लिइएको छ ।

भरतपुरकी मेयर रेणु दाहालले विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताएकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस