On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मदन भण्डारी पछिको इतिहास बनाऊदै ओली, यी दुई नेताले पछि तोड्दै छन् अर्को रेकर्ड !
समाचार

मदन भण्डारी पछिको इतिहास बनाऊदै ओली, यी दुई नेताले पछि तोड्दै छन् अर्को रेकर्ड !

काठमाडौं । 

नेपालमा सबैभन्दा बढी महाधिवेशनबाट नेतृत्व चयन गर्ने कम्युनिष्ट पार्टी भनेर रेकर्ड बनाएको नेकपा एमाले ले हालसम्म नौ वटा महाधिवेशनबाट नेतृत्व चयन गरेको छ । एमाले १०-१२ मंसिरमा १०औँ महाधिवेशनको तयारीमा जुटेको छ । चितवनमा हुने महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने योजना बनाएको एमालेमा हालसम्म दुई जना मात्रै दोहोर्‍याएर नेतृत्वमा पुगेका छन् ।

विज्ञापन

चौथो र पाँचौ महाधिवेशनबाट मदन भण्डारी तथा छैठौँ र सातौँ महाधिवेशनबाट माधवकुमार नेपाल दुईरदुई पटक नेतृत्वमा पुगे पनि अन्य भने हालसम्म दोहोरिएका छैनन् । एमालेले हालै सार्वजनिक गरेको महाधिवेशन केन्द्रित आधिकारिक बुलेटिन ‘नवयुग’मा उल्लेख भएअनुसार नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पटक १० वैशाख २००६ मा संस्थापकको हैसियतमा पुष्पलालले नेतृत्व गरेका थिए ।

विज्ञापन

त्यसको चार वर्षपछि १०-२० माघ, २०१० मा ललितपुर र काठमाडौंमा महाधिवेशन भएको थियो । १० दिनसम्म चलेको सो महाधिवेशनबाट महामन्त्रीको रूपमा मनमोहन अधिकारी नेतृत्वमा पुगेका थिए । दोस्रो महाधिवेशन १५(२५ जेठ, २०१४ मा आयोजना गरिएको थियो, जुन महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । यो महाधिवेशन पनि १० दिन चलेको थियो ।

तेस्रो महाधिवेशन भने ११ दिनसम्म सञ्चालन भएको थियो । स्थान उल्लेख नगरे पनि ४(१५ वैशाख, २०१९ मा भएको सो महाधिवेशनले तुल्सीलाल आमात्यलाई नेतृत्व सुम्पेको थियो । त्यसपछि झन्डै २७ वर्षसम्म महाधिवेशन नगरेको एमालेले पञ्चायतकालको अन्तिम अवस्थातिर विष्णुपुरकट्टी, सिरहामा चौथो महाधिवेशन आयोजना गरेको थियो । भूमिगत रूपमा सात दिनसम्म चलेको उक्त महाधिवेशनबाट पहिलो पटक मदन भण्डारी नेतृत्वमा पुगेका थिए ।

पञ्चायती व्यवस्था ढलेपछि एमालेले १४(२० माघ, २०४९ मा दशरथ रंगशालामा खुला महाधिवेशन गरेको थियो, जुन पाँचौँ महाधिवेशन थियो । जहाँबाट भण्डारी दोहोरिएर नेतृत्वमा पुगेका थिए । भण्डारीको देहान्तपछि १२(१८ माघ, २०५४ मा बाँकेको नेपालगञ्जमा छैटौँ महाधिवेशन भयो । छैटौँ महाधिवेशनबाट माधवकुमार नेपालले नेतृत्व सम्हालेका थिए, भने उनै नेपाल सातौँ महाधिवेशनबाट पनि महासचिव पदमार्फत नेतृत्व तहमा दोहोरिएका थिए ।

एकल नेतृत्वबाट सञ्चालन हुँदै आएको एमाले आठौँ महाधिवेशनमा पुग्दा भने बहुपद प्रणालीमा प्रवेश गरेको थियो । ५(१४ फागुन, २०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षको रूपमा नेतृत्व तहमा पुगेका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गर्दै नेतृत्व सम्हालेका थिए ।

१९ असारदेखि १ साउन, २०७१ मा काठमाडौँको भृकुटीमण्डपमा भएकोे नवौँ महाधिवेशनबाट ओली अध्यक्ष चुनिएका थिए । उनले दुई पटक पार्टीको नेतृत्व सम्हालेका प्रतिस्पर्धी नेपाललाई पराजित गरे । एमालेको १०औँ महाधिवेशन झण्डै ८ वर्ष पछि चितवनको भरतपुरमा आयोजना हुँदैछ । सम्भवतः १०औँ महाधिवेशनबाट ओली नै एमालेको नेतृत्व सम्हाल्नेछन् । नवौँ महाधिवेशनबाट अध्यक्ष बनेका ओली दुई पटक नेतृत्वमा पुग्ने तेस्रो नेता बन्न सक्छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस