हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।
विज्ञापन
यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।
१० अर्ब रूपैयाँ चुक्ता पुजि रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ जारी कुरा चले पनि साधारण सभामा कम्पनीले यसको बारमा खुलाएको छैन । हिमालयन रि नेपालको दोस्रो पुनर्बीमा कम्पनी हो । कम्पनीले गत असारमा बीमा समितिबाट लाइसेन्स पाएको हो ।
कम्पनीले उक्त आईपीओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक नियुक्त गर्नु पर्ने हुन्छ भने बोर्डमा आवेदन दिनुपर्ने हुन्छ। त्यसकारण यो आईपीओ हाल भने निष्कासन हुदैन।
फेसबुक प्रतिक्रियाहरु