Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस २९, २०८१
  • होमपेज
  • समाचार
  • महाभारत गाउँपालिकालाई एमालेमुक्त बनाउन लालध्वजको निर्देशन
समाचार

महाभारत गाउँपालिकालाई एमालेमुक्त बनाउन लालध्वजको निर्देशन

काठमाडौं। नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला समन्वय समितिका इन्चार्ज सुर्यमान दोङ लालध्वजले काभ्रेको महाभारत गाउँपालिकालाई एमालेमुक्त पालिका बनाउन निर्देशन दिएका छन् ।

नेकपा माओवादी केन्द्र वडा नम्बर ८ को वडा सम्मेलनलाई सम्बोधन गर्दै महाभारतको सर्वत्र विकास समृद्धिका लागि एमालेमुक्त पालिका बनाउन भन्दै निर्देशन दिएका हुन् ।

विज्ञापन

पूर्वराज्यमन्त्री समेत रहेका दोङले भने, ‘सुँस्कृत र अग्रगमनसहितको समाज निर्माणका लागि यो पालिका एमालेमुक्त बनाउनुपर्छ, महाभारतलाई एमालेमुक्त बनाउने अभियानमा जोडिनका लागि म सबै कमरेडहरुलाई अनुरोध गर्दछु ।’

विज्ञापन

लालध्वजले एमालेको खोक्रो विकासको नारा र भ्रममा रहेकाहरुलाई माओवादीमा आउन समेत अपिल गरे । ‘जो–जो साथीहरु एमालेको खोक्रो भ्रम र विकासको भ्रममा पर्नुभएको छ, उहाँहरुलाई ढिला नगरी माओवादी केन्द्रमा प्रवेश गर्न आग्रह गर्छु’ उनले भने ।

लालध्वजले महाभारतको विकास माओवादीबाट मात्रै सम्भव भएको समेत बताए । माओवादी अहिले देशभर सम्मेलनमा जुटिरहेको छ । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुसको ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस