शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • ओलीलाई मेटमणिको चेतावनी: १४ हजार राप्रपाका भोटले चुनाव जितेर चुरीफुरी नदेखाउ
समाचार

ओलीलाई मेटमणिको चेतावनी: १४ हजार राप्रपाका भोटले चुनाव जितेर चुरीफुरी नदेखाउ

बुटवल ।

नेकपा (एकीकृत समाजवादी) नेता एंव सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष ओलीले राप्रपाका १४ हजार भोटले चुनाव जितेकाले धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् । १४ हजार गाईको भोटले जितेको मान्छेले धेरै फुर्ती गर्न नहुने भन्दै निर्वाचन क्षेत्रबारे जानकारी राख्न आग्रह गरे ।

विज्ञापन

नेता चौधरीले माधव नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टीहरुको एकता हुने बताएका छन्। उनले केपी ओलीसँग विद्रोह गरेर बनेको नेकपा एकीकृत नेपालका कम्युनिस्ट पार्टीहरुको एकताको केन्द्र बन्ने दावी गरे।

विज्ञापन

नेकपा (एकीकृत समाजवादी) को देवदह नगर कमिटि रुपन्देहीको प्रथम भेलालाई शनिबार सम्बोधन गर्दै उनले आफूहरु शक्तिका रुपमा उदाउने बताए। ‘ओलीसँग विद्रोह गरेर मात्रै बनेको पार्टी होईन, यो कम्युनिस्ट पार्टीहरुको एकता गर्ने पार्टी हो,’ उनले भने।

उनले ओलीकै कारण एमालेमा व्यक्तिवादी प्रवृत्ति मौलाएको आरोप लगाउँदै चुनावसम्म गठबन्धन कायम रहदा एमाले देशैभर पराजित हुने बताए। नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले ओली नेतृत्वको एमाले ऐजेन्डाविहिन बनेको टिप्पणी गरे।

केपी ओलीले सांसद भंग गरेर नेपालको संबिधान नै समाप्त पार्न खोजेको उनको आरोप छ। उनले आगामी निर्वाचनमा समाजवादीका बारेमा अनेक टिप्पणी भइरहेको उल्लेख गर्दै त्यसको परिणाम निर्वाचनले देखाउने बताए।

‘ओली जी जुनठाउँबाट उठ्नुभएको थियो, त्यहाँ १४ हजार गाई चिन्हले भोट हालेका थिए,’ उनले भने। नेता चौधरीले झापाको निर्वाचन क्षेत्रका बारेमा जानकारी राख्न समेत ओलीलाई सुझाए । उनले आफूहरु देशैभर कम्युनिस्ट विचार र आदर्श अनुसार पार्टीलाई अघि बढाउने अभियानमा सामेल भएको बताए।

‘एकीकृत समाजवादी अहिले फुटेर केही हुँदैन ६ महिना पछि फेरि एमालेमा बिलिन हुन्छ भनेर भ्रम फैलाएको भन्दै त्यस्तो भ्रममा नलाग्न समेत कार्यकर्तालाई आग्रह गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस