शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा विभिन्न पार्टी परित्याग गरी २ सय १४ जना माओवादी केन्द्रमा प्रवेश,माओबादी देशकै ठुलो पार्टी बन्छ : रेनु दाहाल
समाचार

भरतपुरमा विभिन्न पार्टी परित्याग गरी २ सय १४ जना माओवादी केन्द्रमा प्रवेश,माओबादी देशकै ठुलो पार्टी बन्छ : रेनु दाहाल

चितवन ।

नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र भएको बताएकी छिन । भरतपुर महानगरपालिका वडा नं ६ को पार्टी प्रवेश तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले देशको विकास र समद्धि माओवादी केन्द्रबाट मात्र सम्भव हुने बताएकी हुन । एमाले ,कांग्रेस तथा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता अनुसार उचित जिम्मेवारी दिने बताउँदै उनले ढुक्क भएर संगठनिक गतिविधीमा लाग्न आग्रह गरिन् । उनले भनिन् , तपाईहरूको संरक्षण पार्टीले गर्छ तपाईहरू ढुक्क भएर लाग्नुस्।

विज्ञापन

पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै दाहालले आफू भरतपुर महानगरपालिका प्रमुखको भूमिकामा रहेर काम गर्दा सधै जनता र विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउदै विकास शुसासन र जनहितमात्र आफ्नो लक्ष रहेको बताईन् ।उनले आउने निर्वाचनमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्नैपर्ने बताउदै यूगान्तकारी परिवर्तनको रक्षा र यसको विकासका लागी माओवादी नै चाहिने बताईन । उनले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरिन् ।

विज्ञापन

 

 

 

 

उनले भरतपुरको विकासमा आफू केन्द्रित भएको बताउदै विकासको नमुना आफूले भरतपुरबाट सुरू गरेको समेत बताईन् । उनले भनिन,तपाईहरूका जायज आवस्यकता र योजनाहरू लिएरआउनुस्स्था,निय सरकारको तर्फबाट सक्दो सहयोग हुन्छ ।भरतपुर महानगरपालिकाले पूर्वाधारका साथै कृषि ,स्वास्थ्य ,शिक्षा सामाजिक विकासमा प्रदान गरिएको अनुदानले उत्पादकत्व वृद्दिका साथै किसानको जीवनस्तरमा सहयोग पुर्याएको बताईन् ।

कार्यक्रममा नेकपा माओवादि केन्द्र बागमती प्रदेशका सचिबालय सदस्य तथा बागमती प्रदेश सांसद घनस्याम दाहाल (अबिनास) ले युगान्तकारी परिवर्तनको बहाक माओवादी केन्द्र र यसको मूल नेतृत्व अध्यक्ष प्रचण्ड नै रहेको बताए । यस्तै कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष यम बहादुर परियारले जनताको असली पार्टी छानेर माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई बधाई दिदै ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरे । उनले पार्टिले उचित जिम्मेवारी दिने समेत बताए ।

सो अवसरमा माओवादी केन्द्रमा २ सय १४ जना प्रवेश गरेका छन । उनिहरुलाई रेनु दाहालले टिका र खादा लगायर पार्टी प्रबेश गराएकी हुन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस