Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ २५, २०८१
  • होमपेज
  • समाचार
  • गठबन्धन र एमालेबीच तनाव : सिन्धुलीमा कर्फ्यु जारी
समाचार

गठबन्धन र एमालेबीच तनाव : सिन्धुलीमा कर्फ्यु जारी

काठमाडौं।

सिन्धुलीको सदरमुकाममा निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ। सदरमुकाममा आयोजित कार्यक्रममा नेकपा (एमाले) महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएको भन्दै सत्ता गठबन्धन पक्षले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

विज्ञापन

कमलामाई नगरपालिकास्थित स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाडोला पुल, हस्पिटल रोड क्षेत्रमा आज बिहान ११ देखि राति १२ बजे सम्म लाूु हुने गरी कफ्र्यु आदेश जारी गरिएको हो।

विज्ञापन

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो।

सदरमुकामस्थित सिन्धुलीगढी बालउद्यान पार्कको उद्घाटन र बीपी कोइराला र पुष्पलाल श्रेष्ठकोे सालिक अनावरण गर्ने कार्यक्रममा पोखरेललाई प्रमुख अतिथिको रूपमा बोलाउँदा विरोध भएको बताइएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस