शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • एमसीसी पास गर्न माधव र प्रचण्ड प्रतिक्रियावादी कांग्रेसको पुच्छर बने : प्रभु साह
समाचार

एमसीसी पास गर्न माधव र प्रचण्ड प्रतिक्रियावादी कांग्रेसको पुच्छर बने : प्रभु साह

नेकपा एमालेका नेता प्रभु साहले अमेरिकी अनुदान सम्झौता एमसीसीलाई कुनै हालतमा रोक्नुपर्ने बताएका छन्।

शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको फतुवा विजयपुर नगरपालिका-३, टेंग्राहामा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले एमसीसी राष्ट्रघाती भएको बताए।

विज्ञापन

उनले यसलाई लागु गरिएमा देश द्वन्द्वतर्फ जान सक्ने भन्दै सचेत पनि गराएका छन्।

विज्ञापन

कम्युनिष्टको खोल ओढेका माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरूले जनतासँग गद्दारी गरेर प्रतिक्रियावादी कांग्रेसको पुच्छर बनेको आरोप पनि उनले लगाए।

उनीहरु एमसीसी पास गर्ने गरेको षडयन्त्रमा रहेकाले त्यसलाई जनताले रोक्नुपर्ने पनि नेता साहले बताएका छन्।

‘केही अर्ब रूपैयाँ अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु नतमस्तक छ,’ उनले भने, ‘कांग्रेस मात्रै होइन, माधव नेपाल, प्रचण्ड र उपेन्द्र यादव पनि एमसीसी पारित गर्ने मतियार बनेका छन्।’

नेता साहले देशलाई द्वन्द्वमा फसाउने राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा रोक्न देशका सबै जनता एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाह, नेता त्रिभुवन साह, एमाले जिल्ला सचिव मनोज यादव, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतो र वडाध्यक्ष ब्रह्मा नारायण यादवलगायत सहभागी थिए।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस