शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गर्छाैं : प्रचण्ड
समाचार

जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गर्छाैं : प्रचण्ड

काठमाडाैं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन्।

विज्ञापन

बिहीबा र नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन्।

विज्ञापन

उनले पार्टीमा जतिसुकै ठूलो पदको भएपनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा स्टेप चाल्ने बताए। उनले भने ‘हाम्रा मन्त्रीहरुलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको भएपनि हामी कडा स्टेप चाल्छाैं। तपाईहरुको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडि बढेका छौँ।’

देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको उनले बताए। माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड ज्यूँदै रहुन्जेल माओवादी पार्टी झन जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उनको भनाई छ।

उनले भने ‘अहिले पनि प्रतिक्रान्तिकारीहरु षड्यन्त्रमै छन्। प्रतिक्रियावादीहरु षड्यन्त्रमै छन्। देशी विदेशी प्रतिक्रियावादीहरु कुनै न कुनै रुपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरे पनि नहुने, उनीहरुले तारो बनाएकाे तपाईहरुलाई थाहा छ, उनीहरुको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस