On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पार्टी बनेको दुई महिनामै एकीकृत समाजवादीलाई सत्ताको लाभैलाभ !
समाचार

पार्टी बनेको दुई महिनामै एकीकृत समाजवादीलाई सत्ताको लाभैलाभ !

काठमाडौं ।

नेकपा एमाले विभाजन भएर गठन भएको २ महिना २ सातामै नेकपा (एकीकृत समाजवादी)ले दुई वटा प्रदेशको मुख्यमन्त्री बन्ने अवसर पाएको छ ।

विज्ञापन

वाग्मती प्रदेशमा गत बुधबार मात्रै मुख्यमन्त्री प्राप्त गरेको नेकपा (एस)ले प्रदेश १ मा पनि नेतृत्व गर्ने अवसर पाएको हो ।

विज्ञापन

वाग्मती प्रदेशमा नेकपा (एस)का उपाध्यक्ष राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् भने गठबन्धन दलबीच प्रदेश १ मा सोही दलका राजेन्द्र राईले बहुमत सदस्यसहित मुख्यमन्त्रीको दाबी गरेका छन् । दुवै प्रदेशमा नेकपा एस चौथो स्थानमा छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग सत्ता गठबन्धनमा रहेको नेकपा (एस) गण्डकी प्रदेश बाहेक ६ वटै प्रदेशमा सरकारको हिस्सेदार बनेको छ ।

गत भदौ ९ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमालेबाट विभाजित भएर नेकपा एस गठन भएसँगै यो दलले महत्वपूर्ण राजकीय जिम्मेवारी प्राप्त गर्दैआएको छ ।

केन्द्रमा पनि उक्त दलले ४ वटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्यन, श्रम तथा रोजगार, शहरी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको छ ।

नेकपा एसका चार मन्त्री र एक राज्यमन्त्रीले जिम्मेवारी प्राप्त गरे । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नेकपा एसका मन्त्री छन् ।

प्रदेश २ मा भने मन्त्रालयको विषयमा सहमति जुट्न नसक्दा सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्रीज्युले अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुपर्छ भन्नु भएको छ ।

उहाँले १-२ दिनको समय माग गरेको कारण रोकिएको होु केन्द्रीय सदस्य श्रीप्रसाद साहले भने । तर यसअघि गठबन्धन दलबीच भएको सहमति अनुसार प्रदेश २ मा नेकपा एसले २ मन्त्री र १ राज्यमन्त्री प्राप्त गर्ने भनिएको थियो ।

उक्त दलले अर्थ वा आन्तरिक मामिला जस्तो महत्वपूर्ण मन्त्रालयमाथि दाबी गरेको छ । गठबन्धनले भने अहिले मुख्यमन्त्रीसँग रहेका मन्त्रालय लिनका लागि आग्रह गरेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल भएको भन्दै नेकपा एसले प्रदेशको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । उक्त दलको सुदूरपश्चिम इन्चार्ज रहेकी गरिमा शाहले सबैभन्दा ठूलो दलको हैसियत नेकपा एस रहेको भन्दै अध्यक्ष माधवकुमार नेपालसँग यहाँको नेतृत्व पाउनुपर्ने भन्दै लिखित रुपमा माग गरेको बताएकी छन् ।

कर्णाली प्रदेशमा पनि नयाँ बन्ने सरकारमा नेकपा (एस) सहभागी हुने तयारीमा छ । जहाँ तत्कालीन नेकपा एमालेले प्रदेशको जारी गरेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर सरकार जोगाउन भूमिका खेल्ने तीन मन्त्री बाहिरिएका छन् । त्यस समयमा एमालेका चार सांसद्‍ले प्रदेशसभामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए ।

ह्वीप उल्लंघन गरेपछि पार्टीबाट निष्कासित भएका चारमध्ये तीनजना गैरसंसद्‍को हैसियतमा एमाले विभाजित नहुँदै कर्णाली प्रदेशमा मन्त्री बनेका थिए । ६ महिने कार्यकाल पूरा गरेका उनीहरूको स्थानमा सो दलले अहिले नयाँ सांसद् पठाउन खोजेको छ ।

सोमबार साँझ मात्रै शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् । उनको स्थानमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

शाहीको नेतृत्वमा बन्ने सरकारमासमेत नेकपा एस सहभागी हुने पक्कापक्की छ । विभाजनको छोटो समयमै सत्ता साझेदारी गर्ने हैसियतमा पुगेको नेकपा एसले गण्डकीमा भने प्रभाव जमाउन सकेको छैन । गण्डकी प्रदेशसभामा नेकपा ९एस०का एकजना पनि सांसद् छैनन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस