सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • माओवादीले कहिल्यै जनताको शीर झुक्ने काम गरेको छैन : रामजी प्रसाद बराल
समाचार

माओवादीले कहिल्यै जनताको शीर झुक्ने काम गरेको छैन : रामजी प्रसाद बराल

काठमाडौं ।

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रले अहिलेसम्म जनताको शीर झुक्ने एउटा पनि काम नगरेको बताएका छन ।

विज्ञापन

 

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र माछापुच्छ«े गाउँ कमिटी–३ घाचोकले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा स्वागत एवं सम्मान कार्यक्रममा उहाँले परिर्वतनको अगुवाई गरेको र पछाडि परेका महिला, दलित, मजदूर लगायतका वर्गलाई राज्यको मूल प्रवाहमा ल्याउने पार्टी माओवादी मात्र भएको उनको दाबी थियो ।

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले भने, “अन्य राजनीतिक पार्टीले राष्ट्रियता र विभिन्न नदी नाला बेचेर जनताको शीर झुकाउने गरेका छन् । तर माओवादीले अहिलेसम्म त्यस्तो कुनै कार्य गरेको छैन ,यसो भन्न उसलाई नैतिक आधार छ ।”

नेपाल कृषिप्रधान देश भएको नाताले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बस्ती उत्पादमना बृद्धि गर्न नसके विदेशबाट कमाई ल्याएको पैसा बस्तु खरिदमा पुनःविदेश जाने मन्त्री बरालको भनाई थियो । उनले उत्पादनमा केन्द्रीत हुन आग्रह समेत गरेका छन।

घाचोकको विकासका लागि आफू तल्लिन रहेको बताउँदै उनले कृषिको आधुनिकीकरण लागि प्रदेशमा पहिलोपटक घाचोकबाट जग्गा चक्लाबन्दी कार्यक्रम शुरु गरिएको मन्त्री बरालले बताए । त्यसैगरी मुख्यमन्त्री जलबायुमैत्री कृषि गाउँ कार्यक्रम, सडक, पुल, विद्यालय लगायतका कार्यक्रममा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस