आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • ‘ओलीको नाम गिनिज बुकमा गफाडी प्रधानमन्त्री भनेर लेखिन्छ’ : माधव नेपाल
समाचार

‘ओलीको नाम गिनिज बुकमा गफाडी प्रधानमन्त्री भनेर लेखिन्छ’ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ओलीले गफबाहेक विकासका अरु कुनै पनि काम नगरेको आरोप लगाए। मंगलबार सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गिनिज बुकमा ओलीको नाम ‘गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिने कुरा बताएका हुन्। ओलिले काम केही नगरेको र झुठा र हसाउने काम मात्र गरेको उनको भनाइ छ।

 

विज्ञापन

देशमा आफूहरूले विद्रोहको राँको बालेको दावी गर्दै नेपालले राँको लिएर हामी देश दौडाहामा लागेको बताए।

विज्ञापन

 

‘नेपालको राजनीतिक इतिहासमा अहिले विद्रोहको झिल्को बलेको छ। कम्युनिष्ट आन्दोलनको शिर ठाडो पारेर समाजवादी अगाडि बढेको छ। नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्नका लागि समाजवादी अगाडि बढेको छ’, उनले भने। उनले समाजवादी पार्टीले क्रान्तिकारी विरासतलाई बोकेको दावी गरेका छन्। उनले पुराना पिंढीका मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित र सिद्धिलाल सिंह लगायतका नेताहरुको विचार र आर्दश बोकेका नेता आफूसँग भएको दावी गरेका छन्।

 

दुई तिहाई बहुमत भएको पार्टीलाई केपी ओलीले विभाजनको दिशामा लगेको नेपालले आरोप लगाए। ‘पहिले माओवादी पार्टीलाई अलग पारेर पछि हामीलाई पनि घोक्र्याएर पार्टीबाट निकाल्नुभयो। आत्मसमपर्ण गरौंला, टाँगमुनि छिरौंला भन्ने उहाँले सोच्नु भएको थियो’, उनले भने, ‘ हामी सम्माजनक एकताको पक्षमा थियौं। तर, केपी ओलीको रबैयामा कुनै सुधार भएन्। उहाँले नीतिभन्दा नेता ठूलो भन्ने मान्यता बोक्नु भयो।’

 

आफूहरुले नेताभन्दा नीति, पार्टी र विधिलाई मान्यता दिएको उनले बताए। उनले ओलीले पार्टी नेताका इशारामा चल्ने संस्था ठानेको बताउँदै भने, ‘दक्षिणपन्थी शक्तिसँग साठगाँठ गर्नुभयो। हामीले बामपन्थी र लोकतान्त्रिक शक्तिसँग एकता गर्यौं। ओली संविधानको ह’त्या गर्ने कार्यमा जुट्नु भयो। हामी संविधान बचाउने काममा जुट्यौं। हामीले देशभक्तिको झण्डा बुलन्द गर्यौं। उहाँले आत्मसमपर्ण र लम्पसारवादको नीति अपनाउनु भयो।भष्ट्रचार र सबै खालका अनुचित कार्यहरु गरेर सरकार संचालन गर्नुभयो। ,

 

नेपालले अर्को प्रसंगमा केपी ओलीको पार्टीसँग कुनै एकता नहुने दावीसमेत गरे। लोकतान्त्रिक मूल्य र मान्यता बोकेका पार्टीसँग अगामी चुनावी एकता हुन सक्छ। तर, केपी ओलीसँग कुनै पनि हालतमा एकता हुँदैन भनेर पार्टीका कार्यकर्तालाई आश्वासत समेत पारे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस