सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • समाचार
  • आगामी चुनावपछि देश एमालेमय बन्छ : विष्णु पौडेल
समाचार

आगामी चुनावपछि देश एमालेमय बन्छ : विष्णु पौडेल

काठमाडौं ।

नेकपा (एमाले)का उप–महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताएका छन् ।

विज्ञापन

मंगलबार (आज) रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने र देश एमालेमय बन्ने बताएका हुन् ।

विज्ञापन

उनले एमाले एक्लै चुनाव लडेर स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत भन्दा बढी नतिजा ल्याउने बताए । पौडेलले एमालेबाट स्वार्थी, पदको लालचीहरु बाहिरिएपछि पार्टी झनै शक्तिशाली भएको बताउँदै दुई÷चार जना बाहिरिएर पार्टीलाई कुनै असर नपरेको स्पष्ट पारे ।

पौडेलले एमालेलाई सिंहदरबारतिर हेर्ने फुर्सद नभएको बताउदै नेपाली जनताले पार्टीलाई राम्रो चिनेकोले चुनावपछि बहुमतको सरकार निर्माणका लागि एमालेलाई रोक्ने तागत कसैसँग नभएको जिकिर गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस