On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर २२, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रुपन्देही ऐमालेमा आकांक्षीको लर्को, भागबण्डा मिलाउन नेतालाई हम्मे
समाचार

रुपन्देही ऐमालेमा आकांक्षीको लर्को, भागबण्डा मिलाउन नेतालाई हम्मे

रुपन्देही ।

नेकपा एमालेका दुई उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीका ६ नगरपालिका तथा १० गाउँपालिका अध्यक्षमा आकांक्षीको लर्को लागेपछि मिलाउन नेताहरुलाई कठिन परेको छ ।

विज्ञापन

 

विज्ञापन

भोलि हुने नगर अधिवेशनमा रुपन्देहीका सबै पालिकाहरुमा आकांक्षीहरुको संख्या बढेपछि नेतृत्वलाई व्यवस्थापनका लागि चुनौती थपिएको छ ।

आकांक्षी बढेपछि नेताहरुले सहमतिमा नेतृत्व छान्न नसक्ने अवस्था आएको छ भने आकांक्षीहरु आफ्नो पक्षमा निर्णय गर्न नेताको दैलो चहारिरहेका छन् ।

६ गते सम्पन्न वडा अधिवेशनबाट अधिकांश वडाहरुमा निर्विरोध नेतृत्व चयन गरेको एमालेका लागि नगर अधिवेशन निर्विरोध हुने अवस्था न्यून बन्दै गएको छ । अध्यक्षका आकांक्षीहरुले भटाभट आआफ्ना पक्षमा लबिङ थालेपछि एमाले रुपन्देही नेतृत्व तनावमा परेको छ ।

बुटवल उपमहानगरपालिकामा यसपटक नगर अध्यक्षका लागि ६ जना आकांक्षी रहेका छन् । वर्तमान नगर अध्यक्ष बावुराम पन्थी पुनःःसोही पदमा दोहोर्याउने मनस्थितिमा छन् भने पूर्वनगर अध्यक्ष ज्ञानप्रसाद अर्याल, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्षसमेत रहेका पार्टी उपमहासचिव विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डे, हालका नगरसचिव रहेका किशन ज्ञवाली, नगरसदस्य केशव पन्थी र राजेन्द्र ढकाल अध्यक्ष पदका आकांक्षी हुन् ।

त्यसैगरी तिलोत्तमा नगरपालिकामा नगर अध्यक्षका लागि मिन प्रसाद पोखरेल, नेत्र बन, शुरेन्द्रश्री बिश्वकर्मा, टामनाथ पाण्डे अध्यक्षका दावेदार रहेका छन् । तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाई जिल्ला प्रचार विभाग प्रमुख समेत रहेका कारण नगरबाट बिदा हुँदैछन् ।

सिद्धार्थनगर नगर कमिटीको अध्यक्षका लागि थानेश्वर पौडेल, चक्रबहादुर थापा, धु्रुव अधिकारीले आकांक्षा ब्यक्त गरेका छन् । सिद्धार्थनगरका वर्तमान अध्यक्ष चोपलाल आचार्य एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका कारण बिदा लिने मनस्थीतिमा छन् ।

रुपन्देहीको पूर्वी क्षेत्रको नगरपालिका देवदहको अध्यक्षका लागि बहालवाला अध्यक्ष प्रकाश अर्याल, यसअघि स्थानीय निर्वाचनमा नगर प्रमुखमा पराजित टिकाराम चापागाई, विष्णु पौडेल र स्थानीय खानेपानी तथा सरसफाई उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमालेबाट विद्रोही उम्मेदवार बनेर बिजयी भएका गुमानसिंह कुँवरले अध्यक्षमा दावी गरिरहेका छन् ।

यसैगरी सैनामैना नगरकमिटी अध्यक्षका लागि बाहालवाला नगर अध्यक्ष नारायण न्यौपानेसंगै शालिकराम भण्डारी, जिवनाथ पाण्डेले अध्यक्ष पदमा दावी गरिरहेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्षमा वर्तमान अध्यक्ष रामचन्द्र यादव बिदा लिने सोचमा छन् भने पत्रकारसमेत रहेका वीरेन्द्र कुमार मिश्र, निसाहर अहमद खां, जगदीश यादव, विनोद कहार अध्यक्ष पदका दावेदार छन् ।

कपिलबस्तुसंग सीमा जोडिएको कन्चन गाउंपालिकामा भने बहालवाला अध्यक्ष भरतमणि सापकोटा नै अध्यक्ष हुने निश्चित भइसकेको बताइएको छ । यसैगरी गैडहवा गाउँकमिटी अध्यक्षमा विद्यार्थी नेता संदिप गुप्तासंगै भुवन राना, नगेन्द्र प्रताप कुर्मी अध्यक्षका आकांक्षी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस