मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते
समाचार

चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते

काठमाडौं । 

२०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्षमा पदमा पराजित स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुन:मतगणना हुँदा २ भोटले विजयी भएका छन्।

विज्ञापन

महोत्तरीको मनरासिसवा नगरपालिकामा २०७४ मा स्थानीय तहको निर्वाचनमा विजयी वडाध्यक्षले चार वर्षपछि दोहोर्‍याएर मतगणना हुँदा दुई भोटले पराजय भोग्नुपरेको छ।

विज्ञापन

मनरासिसवा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा पहिलो पटक मतगणना हुँदा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका छन्।

निर्वाचित वडाध्यक्ष अरुण कुमार चौधरी २ भोटले पराजित भएका छन्।

२०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवैजनाले बराबर २६७/२६७ मत ल्याएका थिए।

त्यसबेला गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका थिए। त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए।

उच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो।

उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको फैसलाविरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए।

सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो।

सर्वोच्च अदालतको आदेशमा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले आइतबार दिउँसो उच्च अदालत जनकपुरमा मतगणना गरको हो।

जसमा वडाध्यक्षमा स्वतन्त्रबाट पराजित राय २ भोटले विजयी भएका छन्। निर्वाचित चौधरी २ भोटले पराजित भएका हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस