शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीलाई विश्वप्रकाशको जवाफ : एमालेले चाहँदैमा सरकार ढल्दैन
समाचार

ओलीलाई विश्वप्रकाशको जवाफ : एमालेले चाहँदैमा सरकार ढल्दैन

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चाहँदैमा सरकार ढाल्न सम्भव नभएको प्रतिक्रिया दिएका छन्।

अध्यक्ष ओलीले एमालेले चाहे एक सातामा सरकार ढाल्न सक्ने अभिव्यक्ति दिएपछि उनले चाहँदैमा सरकार ढाल्न सम्भव नभएको बताएका हुन्।

विज्ञापन

काठमाडौंमा बुधबार आयोजित एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा ओलीले आफूले चाहे कांग्रेस नेतृत्वको सरकार एक हप्ताभित्र ढाल्न सक्ने अभिव्यक्ति दिएका थिए।

विज्ञापन

‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभित्र यो सरकार जान्छ। एमालेले ढाल्दिउँ भन्ने हो भने। यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिन भित्र ढालिदिन्छौँ। लोभी पापीहरु छन, दिए भइगो नि। ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र,’ अध्यक्ष ओलीले भनेका थिए।

त्यसको जवाफमा कांग्रेस प्रवक्ता शर्माले अहिले सरकार ढाल्नेभन्दा पनि राजनीतिभन्दा माथि उठेर नागरिकको सेवामा जुट्ने समय भएको सुझाएका छन्।

‘श्रद्धेय कमरेड केपी ओलीज्यू, ‘चाहे एक सातामा सरकार ढाल्न सक्छौं’ भनेर चुनौती दिने समय यो होइन। संविधानतः त्यो सम्भव पनि छैन,’ उनले ट्विट गरेका छन्, ‘अविरल वर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीतिमाथि उठ्ने र सोच्ने समय हो यो। आउनोस् उद्धार, राहत र पुनःस्थापनाको अभियानमा जुटौं।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस