On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बुद्धि बिग्रिए प्रचण्ड–माधव हुन्छन्, माधवलाई एमालेमा नो इन्ट्री : ओली
समाचार

बुद्धि बिग्रिए प्रचण्ड–माधव हुन्छन्, माधवलाई एमालेमा नो इन्ट्री : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता बिग्रिए माओवादी अध्यक्ष प्रचण्ड र एमाले छोडेका माधव नेपालजस्तो हुने टिप्पणी गरेका छन् । उनले नेपाल र प्रचण्ड दुवै दक्षिणपन्थी कित्तामा पुगेको भन्दै उनीहरु वामपन्थी हुनै नसक्ने दावी गरे ।

 

विज्ञापन

बुधबार एमाले वागमती प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वामपन्थीको सरकार ढलाएर दक्षिण पन्थीको सरकार बनाउने कम्युनिस्ट हुनै नसक्ने दावी गरे । उनले एमालेले गलत प्रवृत्तिविरुद्ध लडिरहेको र आगामी दिनमा पनि लड्ने भन्दै त्यसको विजयका लागि पार्टीलाई एकतावद्ध राख्नुपर्ने बताए ।

विज्ञापन

‘पार्टीभित्र गलत प्रवृति झाँगिएका छन् । गलत प्रवृत्तिविरुद्ध जुध्नुपर्छ । पार्टीमा एक स्वर हुनुपर्छ । एकजुट हुनुपर्छ । कमिटीमा एउटा निर्णय गर्यो भने मैले त यसो भनेको छु भन्नु व्यक्तिवादी हुन्छ । कमिटीका निर्णय एकसाथ र एक स्वरले यस्तो निर्णय गरेको छ भन्नुपर्छ’, कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘पार्टीभित्र मतभेद बढाउने क्रियाकलाप गर्नुहुँदैन । हाम्रो तौरतरिका मिलनसार हुनुपर्छ ।’

उनले माधव नेपालको जस्तो चरित्र एमालेमा हुन नहुने बताए । ‘माधव नेपालको जस्तो चरित्र हामीले देखाउने हो ? विरोधीका पाउ मोल्ने, म्याउम्याउ गर्ने ?’, ओलीको प्रश्न छ । उनले पार्टीको ध्येय विजयी र सफलता प्राप्ति भएको भन्दै हिजो पार्टीमा अन्तर्घाती, अराजक प्रवृति माधव नेपालहरुले भित्र्याएको बताए ।

‘माधव नेपाल हेर्नुस् न त आफ्नो सरकार ढाल्न, अनि वामपन्थी सरकार ढालेर दक्षिणपन्थीको पाउमा ? यस्ता पनि वामपन्थी हौं भन्छन् ? दक्षिणपन्थी अवसरवादका विरोधमा लड्ने रे ?’, ओलीले माधव नेपालप्रति व्यङ्ग्य गरे । उनले एमालेको बाढी कसैले छेक्न नसक्ने भन्दै अहिले आफुहरुलाई कोही कसैले मिल्दा र मिलाउँदा आपत्ति नभएको पनि बताए । वामपन्थी एकताको प्रसंग निकाल्दै ओलीले भने, ‘तर मिलाउन लायक कोही छैन । वामपन्थी सरकार ढाल्नेसँग मिल्ने ? ’

उनले हिजो र आजका प्रचण्ड हेर्न कार्यकर्ताहरूलाई सुझाव पनि दिए । उनले अहिलेको सरकार आलोचना गर्न लायक समेत नभएको टिप्पणी गरे । ‘हेर्नुस त हिजोको यत्रो दलको प्रचण्ड, टुटु टु गर्छन् हालत यस्तो छ । आन्दोलनप्रति, विचारको निष्ठा भएन भने यस्तो हुन्छ’, ओलीको भनाइ छ ।

ओलीले पार्टीमा १० बुँदे कार्यान्वयन नभएको भन्ने नेताहरुलाई पनि जवाफ दिए । ‘के को दश बुँदे ? हामीले अझैपनि माधव नेपालसँग झुक्किएर गएकालाई आउ भनिरहेका छौ । तर, माधव नेपाललाई नो इन्ट्री ।’ उनले नेकपा एमालेमा माधव नेपाललाई प्रवेश नदिने पटक–पटक दोहोर्याए ।

‘के नेकपा एमाले डम्पिङ साइड हो ? यो पार्टी त पवित्र हो’, नेता नेपाललाई उनले कुहेको आलुको संज्ञा पनि दिए । ‘उनले सोचेका होलान् वामदेवले ५४ मा फुटाएर पनि ५८ मा लिएका थियौ । माधवले जस्तो अपराध वामदेवले गरेका थिएनन्’, ओलीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस