शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • दश भाइलाई ओलीले भने, १० बुँदेको किचलो अब नझिक्नुस्
समाचार

दश भाइलाई ओलीले भने, १० बुँदेको किचलो अब नझिक्नुस्

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको किचलो नझिक्न आग्रह गरेका छन्। बागमती प्रदेश अधिवेशन आयोजक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘माधव नेपाललाई मिलाउन १० बुँदे सहमति गरिएको हो। माधव नेपालले बामपन्थी सरकार ढालेर दक्षिणपन्थीसँग मिलेर सरकार बनाए। माधव नेपालसँग झुक्कीएर गएका साथीहरु आउनुस्। फर्केर आउनुस् काम गरौं। योग्यता अनुसार काम गर्नुस्।’

उनले माधव नेपालप्रति लक्षित गर्दै भने, ‘यस्तो ‘अ’प’राध वामदेवले गरेका छैनन्। झुट फटाह काम बामदेबले गरेका छैनन्।’ अध्यक्ष ओलीले एमाले पार्टी पवीत्र रहेको बताए। गत असार २७ गते एमालेलाई एकढिक्का बनाउन १० बुँदे सहमति भएको थियो। सहमतिमा पार्टी एकता गर्दा थपिएका केन्द्रीय सदस्यहरु र माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई जिम्मेवारी दिइने उल्लेख गरिएको थियो।

विज्ञापन

सबै तहका कमिटी, निकाय र जनसंगठन, नवौ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेकपा गठन हुनुपूर्व २०७६ साल जेठ २ गतेको संगठनात्मक अवस्थाबाट क्रियाशील हुने कार्यदलको सहमति भएको थियो।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस