शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कोसीमा पानीको बहाव उच्च , ४२ ढोका खोलियो
समाचार

कोसीमा पानीको बहाव उच्च , ४२ ढोका खोलियो

काठमाडौँ ।  सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ । निरन्तरको वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो ।

बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । स्थानीय प्रशासनले नदी तटीय क्षेत्र र आसपासका क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन सूचित गरेको छ ।

विज्ञापन

 

विज्ञापन

पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसेमा पानीको बहाव उच्च भएको हो । अहिले प्रदेश नम्बर-१ का पहाडी र तराई क्षेत्रमा ठूलो वर्षा भइरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस