शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कोमल वली अब एमाले केन्द्रीय सदस्य बन्न नपाउने !
समाचार

कोमल वली अब एमाले केन्द्रीय सदस्य बन्न नपाउने !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी कोमल वली अब नेकपा एमालेको केन्द्रीय सदस्य बन्न नपाउने भएकी छन् ।

एमालेको नयाँ विधान महाधिवेशनले केन्द्रीय सदस्य बन्नका लागि न्यूनतम् योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने भएकी हुन् ।

विज्ञापन

एमालेको विधानमा एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष पुग्नुपर्ने र महिलाको हकमा ७ वर्ष कायम गरिएको छ । तर, वलीको हकमा यी दुवै योग्यता कमी छ । र उनी आगामी एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनबाट बञ्चित हुने भएकी छन् ।

विज्ञापन

वली २०७४ सालमा राप्रपा छोडेर एमालेमा प्रवेश गरेकी थिइन् । राप्रपाबाट एमालेमा छिरेकी वली एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।

वलीसँगै जनता समाजवादी पार्टी (जसपा)बाट एमालेमा आएका शिवजी यादव र राजकुमार लेखी, पूर्वउपसभामुख गंगा यादव पनि एमालेको केन्द्रीय सदस्य बन्नबाट बञ्चित हुने भएका छन् ।

तर, माओवादी र एमाले पार्टी एकता भई बनेको नेकपाका नेताहरुलाई भने केन्द्रीय सदस्य बन्न बाधा पुग्ने छैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस