शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालले सम्धीलाई दिए आर्थिक विभाग प्रमुखको जिम्मेवारी
समाचार

माधव नेपालले सम्धीलाई दिए आर्थिक विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको आर्थिक विभाग प्रमुखको जिम्मेवारी सोमप्रसाद पाण्डेले पाएका छन् । उनले पाल्पा जिल्ला इन्चार्जको समेत गरी दोहोरो जिम्मेवारी पाएका हुन् ।

पाल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद पाण्डे नाताले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । नेपालकी छोरी पाण्डेका छोराले विवाह गरेका छन् ।

विज्ञापन

पाण्डे माधव नेपालका विश्वासपात्र समेत मानिन्छन् । नेकपा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता हुँदा पाण्डेको हस्ताक्षर थिएन । पछि मात्र पाण्डेले हस्ताक्षर गरेका थिए । यो मुद्दा अदालतमा विचाराधीन छ ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस