शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • श्रममन्त्री श्रेष्ठको सम्पत्ति : काठमाडौंमा ३ ठाउँमा जग्गा र साततले घर, ७० तोला सुन
समाचार

श्रममन्त्री श्रेष्ठको सम्पत्ति : काठमाडौंमा ३ ठाउँमा जग्गा र साततले घर, ७० तोला सुन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मन्त्रीमा नियुक्त हुनुभएको चार दिनमै श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

विज्ञापन

नेपालमा सार्वजनिक पदधारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

विज्ञापन

उनले सार्वजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको उल्लेख छ।

काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ।

त्यस्तै काठमाडौँ–३ मा कित्ता नम्बर १०८, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ ।

उनले आफ्नो दुई घर रहेको सार्वजनिक गरेका छन्। काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर र काठमाडौँ–९ धापासीमा सात तलाको व्यावसायिक घर रहेको जनाएका छन्।

उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरेका छन्।

दुई करोड १७ लाख २४ हजार ४०० मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै उनले २० वटा व्यावसायिक कम्पनीहरुमा रु १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेको उल्लेख छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा जम्मा नौ करोड ६९ लाख ७३ हजार ५० मूल्य बराबरको रहेको उल्लेख छ ।

गरगहनामा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको बताएका छन्।

उनले बैंक खाता विवरणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन्।

उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा आफ्नो खाता रहेको बताए।

त्यस्तै उनको श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको उल्लेख छ । श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस