शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्री आलेले भने- जहाज घाममा सुकाएर पैसा आउँदैन, उडाउनु पर्‍यो
समाचार

मन्त्री आलेले भने- जहाज घाममा सुकाएर पैसा आउँदैन, उडाउनु पर्‍यो

काठमाडौँ।

 

विज्ञापन

तीन वर्षअघि वाइडबडी विमान खरिदमा लेखा समितिबाट सर्वाधिक आलोचना गर्नेमध्येका सांसद प्रेमबहादुर आले शुक्रबार शपथ लिई सकेपछि जब पर्यटन मन्त्रालयले छिरे उनको मन्त्रालयलप्रतिको असन्तुष्टि कायमै देखियो । मन्त्रालयमा कर्मचारीले आयोजना गरेको स्वागत कार्यक्रममा उनले हालकै यथास्थितीमा पर्यटन मन्त्रालय चलाउन नसकिने भनिदिए ।

विज्ञापन

९९ दिनदेखि ट्रेड युनियनको आन्दोलन जारी रहेको निगमप्रति नै उनको आलोचना धेरै रह्यो । उनले नियमित उडान नगराई जहाज घाममा सुतिरहेको र बेलैमा जहाज उडाउन नसकेकोमा असुन्तुष्टि पोखे ।

 

‘यो तालले पर्यटन मन्त्रालय चलाउन सकिँदैन । वाइडबडीको मात्रै २७/२८ अर्ब ऋण छ । तर, हाम्रा जहाज घाममा सुतिरहेका छन् । जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु पर्‍यो । उडाउनु पर्‍यो,’ उनले भने ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस