शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानन्यायाधीशले मन्त्री कोटा मागेपछि भीम रावलले दिए यस्तो कडा प्रतिक्रिया
समाचार

प्रधानन्यायाधीशले मन्त्री कोटा मागेपछि भीम रावलले दिए यस्तो कडा प्रतिक्रिया

काठमाण्डौ ।  नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेबापत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना मानिसका लागि मन्त्री पद माग्नु लोकतन्त्रकै घृणित कार्य भएको बताएका छन्।

सामाजिक सञ्जालमा सोमबार साँझ आफ्ना भनाइ राख्दै उनले यस्तो बताएका हुन्। रावलले प्रधानन्यायाधीशले मन्त्री र राजदूत पदमा आफ्ना मानिसको नियुक्ति खोजेको कुरालाई खण्डन नगर्नुले यो कुराको पुष्टि हुने बताएका छन्।

विज्ञापन

विज्ञापन

‘प्रधानन्यायाधीशले मन्त्रिपरिषद् र राजदूत पदमा ‘आफ्ना मानिस’ को नियुक्ति खोज्नुभएको र गठबन्धन पार्टीका नेताहरूले त्यो कुरा स्वीकारेको समाचार सत्य हो भने यो संविधान,जनता र लोकतन्त्रविरूद्धको घृणित कार्य हो’, उनले भनेका छन्, ‘सर्वोच्चको वक्तव्यले होइन नभनी असान्दर्भिक,अतिरन्जित र भ्रामक भनेको छ।’

प्रधानन्यायाधीशले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश बनाउन फैसला दिएवापत मन्त्री र राजदूत पद खोजेको समाचार सार्वजनिक भइरहेका छन्। यसलाई लिएर सोमबार सर्वोच्च अदालतले भ्रामक भनेको थियो। पाँच दलीय गठबन्धनका सदस्य दलले पनि यसबारेमा अहिलेसम्म औपचारिक धारणा दिएका छैनन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस