शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओली मदन भण्डारी बन्न खोज्दैछन : प्रचण्ड
समाचार

ओली मदन भण्डारी बन्न खोज्दैछन : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा विचार र सिद्धान्त दुवै नभएको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अहिले विचारविहीन भएको बताएका हुन्।

विज्ञापन

उनले एमालेमा अहिले पनि मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद मात्रै रहेको बताए । एमालेमा भण्डारीको ठाउँमा ओलीलाई लैजान खोजेको पनि उनले बताए।

विज्ञापन

उनले भने, ‘एमालेमा अहिले विचार, सिद्धान्त केही पनि छैन। त्यहाँ त मदन भण्डारी छन्, उनले प्रतिपादित गरेको जनताको बहुदलीय जनवाद छ। सूर्य चिन्ह छ ।

अहिले एमालेमा मदन भण्डारीको ठाउँमा केपी ओलीलाई लैजान खोज्दैछन्। ओली मदन भण्डारी हुन खोज्दैछन्।’

उनले एमालेमा विचार नै नभएको बताउँदै त्यहाँ बहस नै नहुने गरेको टिप्पणी गरे। एमालेका दोस्रो तहका नेताहरुलाई फकाउन आफूहरुले ठूलो मिहिनेत गरेको प्रचण्डको भनाई छ ।

उनले भने, ‘एमालेमा विचार र बहस हुँदैन। त्यहाँ त स्वार्थका लागि मिल्छन् । देख्नु भएन ती दोस्रो तहका भनिएका १० भाइ, उनीहरुले हामीलाई झुक्याए क्या।

तिनीहरुलाई फकाउन नारायणकाजी र मैले धेरै मिहिनेत गरेका थियौँ । तर तिनीहरुको विचार र सिद्धान्त त्यही सूर्य चिन्हको लोगोमा आत्मसमर्पण गरेर टुंगियो।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस