शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डले युवालाई आत्मह’त्याका लागि दुरुत्साहन गरे : सूर्य थापा
समाचार

प्रचण्डले युवालाई आत्मह’त्याका लागि दुरुत्साहन गरे : सूर्य थापा

काठमाडौं ।

 

विज्ञापन

 

विज्ञापन

नेकपा एमालेका नेता सूर्य थापाले माओवादी अध्यक्ष प्रचण्डमाथि युवाहरुलाई आत्मह’त्या गर्न सार्वजनिक रुपमा दुरुत्साहन गरेको आरोप लगाएका छन् ।

 

अध्यक्ष प्रचण्डले विहीवार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफूले भगत सिंहका सहयात्री चन्द्रशेखरले जस्तै आत्महत्या गर्न खोजेको भन्दै सबै आत्मह’त्या गलत नहुने बताएका थिए ।

प्रचण्डले मार्क्सका छोरी ज्वाइँले गरेको आत्महत्या सही थियो भन्दै गरेको भाषणप्रति एमाले प्रचार विभागका उपप्रमुख थापाले आपत्ती जनाएका हुन् । थापाले प्रचण्डको भाषणप्रति टिप्पणी गर्दै त्यसलाई निराशा र कुण्ठाको अभिव्यक्ति भनेका छन् ।


थापाले भने, ‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेको थियो । हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्मह’त्या बाहेक अर्को हुन सक्दैन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस