Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस २९, २०८१
  • होमपेज
  • समाचार
  • रोकायाद्वारा माओवादी पार्टी परित्यागको घोषणा, एमाले प्रवेश गर्ने
समाचार

रोकायाद्वारा माओवादी पार्टी परित्यागको घोषणा, एमाले प्रवेश गर्ने

नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए ।

रोकायाले आफू नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि बताए । एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायाले भने–‘कम्युनिष्ट आन्दोलन बचाउनको लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिएपनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु ।’

विज्ञापन

देश जनता र कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पुर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरुले गम्भिर भएर सोच्ने दिन आएको उनको भनाई थियो ।

विज्ञापन

उनले आफूले २३ वर्षसम्म नेकपा (एमाले) मा रहेर काम गरेको स्मरण गराए । तर, २०७० सालमा एमाले परित्याग गरेर उनी २०७१ मा तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस