शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमसीसीका बारेमा गलत प्रचार गरिएको परराष्ट्रमन्त्री खड्काको टिप्पणी
समाचार

एमसीसीका बारेमा गलत प्रचार गरिएको परराष्ट्रमन्त्री खड्काको टिप्पणी

काठमाडौँ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको टिप्पणी गरेका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर बिहीबार नेपाल फर्कने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खड्काले परियोजनाको बारेमा आफूले नबोलेको कुरा प्रचार गरिएको बताएका हुन् ।

विज्ञापन

उहाँले भन्नुभयो, ‘२९ भदौं २०७४ मा हामीले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो अहिले संशोधन गरौं भन्दा एमसीसी लागू भएका अन्य देशहरुले के भन्छन् अन्य देशहरूले ४२, ४५ देशहरूले पनि त्यसै गरौ भन्छन् कि ! हामीले एकचोटि सही गरेर संशोधन गरौं भन्दा अन्य देशहरूले पनि त्यसै भन्छन् कि भनेर चाहिँ मैले बोलेको हो।’

विज्ञापन

 

मन्त्री खड्काले गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा एमसिसी नेपाल सरकारले मागेको परियोजना भएकाले संशोधन नहुँने उल्लेख गरेका थिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुगेका मन्त्री खड्काले सभालाई सम्बोधन गर्नका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस