शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • क्रान्ति पूरा नहुँदा जनयुद्धका घाइते-अपाङ्गले राहत पाएनन् : प्रचण्ड
समाचार

क्रान्ति पूरा नहुँदा जनयुद्धका घाइते-अपाङ्गले राहत पाएनन् : प्रचण्ड

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति अपूरो भइदिँदा जनयुद्धका घाइते र अपाङ्गले भने जस्तो राहत पाउन नसकेको बताएका छन्।

सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई काठमाडौंमा बिहिबार सम्बोधनका क्रममा अध्यक्ष दाहालले जनयुद्धका घाइते र अपाङ्गलाई आफूले भने जति गर्न नसकेको पनि बताएका छन्।

विज्ञापन

‘जनयुद्धका घाइते-अपांगलाई राज्यका तर्फबाट जीविकाका लागि जति हुनुपर्ने थियो, त्यति हुन सकेको थिएन’, उनले भने, ‘अब हामीसँग गठबन्धन सरकार छ, पर्याप्त राहतका लागि हामीले पहल गरिरहेका छौँ।’

विज्ञापन

उनले माओवादीले थालेको क्रान्ति अपुरो हुँदा यस्तो भएको पनि जिकिर गरे। ‘हाम्रो क्रान्ति पूर्ण नहुँदा यो अवस्था भएको हो’, उनले भने, ‘अब हामीसँग अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय पनि छ। त्यसैले अब तपाईंहरुका माग सम्बोधन गर्ने दिशामा छौँ।’

प्रचण्डले राज्यका तर्फबाट घाइते अपाङ्गको राहत वितरणमा औपचारिक रुपमा दस्तावेजीकरण भएको पनि बताए।

‘विगतमा छुटेका कयौँ पक्षहरुलाई पनि समेटेर राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा मैले पहिलो निर्णय नै सबैलाई राष्ट्रिय सहिद बनाउने गरेको थिएँ। तर तर त्यो निर्णय गायब गरियो। तर हामी छिट्टै सफलता प्राप्त गर्ने छौँ। पहिलेको तुलनामा हामी सकारात्मक रुपमा जान सक्छौँ भन्ने विश्वास छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस