On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • वृक्षारोपण र गन्तव्य प्रर्वद्धन गर्दै चितवनमा मनाईयो पर्यटन दिवस, दिगो विकासका लागि पर्यटन विकासमा विशेष जोड : मेयर रेनु
समाचार

वृक्षारोपण र गन्तव्य प्रर्वद्धन गर्दै चितवनमा मनाईयो पर्यटन दिवस, दिगो विकासका लागि पर्यटन विकासमा विशेष जोड : मेयर रेनु

चितवन । 

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका भित्र रहेका महत्वपूर्ण गन्तव्यहरुमा पर्यटन पूर्वाधार निर्माण भईसकेकाले यसलाई शसक्त ढंगले प्रर्वद्धन गर्न सरोकारवालाको सामुहिक प्रयास हुनुपर्ने बताएकी छिन् ।

विज्ञापन

४२औँ विश्व पर्यटन दिवसको अवसरमा ज्ञानेश्वर सामुदायिक वन परिसरमा चितवन पर्यटन विकास समितिले आयोजना गरेको वृक्षरोपण सरसफाई तथा गन्तव्य प्रर्वद्धन कार्यक्रममा बोल्दै मेयर दाहालले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन मार्फत समृद्धि हासिल हुने बताउदै भरतपुर महानगरपालिकाले सोही वमोजिम काम अगाडि बढाईरहेको बताएकी हुन् ।

विज्ञापन

उनले महानगर पर्यटकको केन्द्रको रूपमा रहेको भन्दै जल, जमिन र जंगलको समुचित सदुपयोग गरी यसको प्रर्वद्धनमा लाग्नुपर्ने बताईन् । पर्यापर्यटन, ईको पार्कका साथै सामुदायिक वनहरूलाई पर्यटकीय केन्द्रको रूपमा विकास गरी आय आर्जनको अतिरिक्त माध्यम बनाउन दाहालले आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले व्यवस्थित सडक संजाल निर्माण गरिसकेको बताउदै यसले पर्यटन प्रर्वधन र विकासमा सहयोग पूर्याउने विश्वास व्यक्त गरिन् । नारायणी नदी किनारलाई सी बिच मोडलको रूपमा विकास गर्ने कामको सुरूवात भैसकेको भन्दै यो निर्माण सम्पन्न हुदा एउटा नमुना गन्तव्य बन्ने दाहालको भनाइ छ ।

भरतपुरमा रमणिय घुम्ने पर्यटकिय स्थलको कमी नभएको भन्दै पार्क मन्दिर खेल पर्यटनको लागि निर्माणाधिन गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला, सिटीहल, नारायणी नदिमा जल बिहार र चितवन राष्ट्रिय निकुन्जभित्र पाटेबाघ तथा एक सिंगे गैँडा लगायतका जंगली जनावरको अवलोकन भरतपुरको विशेषता भएको उनको भनाई छ । उनले यस्ता पर्यटकिय क्षेत्रहरूको पहिचान विकास र बिस्तारमा सबैलाई ध्यान पूर्याउन आग्रह समेत गरेकी छन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुबेदिले ४२औँ विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दै पर्यटनको गुणात्मक विकासबाट लक्ष हासिल गर्न सकिने बताए । उनले चितवन भरतपुरको ज्ञानेश्वर ब्लक पर्या पर्यटन र स्पोर्ट टुरिज्मको रूपमा विकास गर्ने सम्भावना भएको भन्दै सबै सरोकारवालहरुको सामुहिक प्रयास मार्फत अगाडि बढेमात्र लक्ष्य हासिल गर्न सकिने बताए ।

सो अवसरमा होटल व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष दिनेशकुमार चुकेले विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दे पर्यटन क्षेत्रको समग्र विकास मार्फत समृद्धि हासिल गर्नुपर्ने बताए । पर्यटकिय क्षेत्रको पहिचान विकास र प्रर्वधनमा सबैको सामुहिक चासो र लगानी हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा चितवन पर्यटन विकास समितिका सदस्य सुरवीर पोखरेलले पर्या पर्यटनको विकास गर्दै यसको प्रर्वद्धनमा सामुदायिक बनहरू सबै लागि पर्ने बताए । चितवन पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन अधिकारी लगायतले भरतपुरको पर्यटन विकासको सम्भावना र अवसरहरूको बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए । सो अवसरमा सामुदायिक वनपरिसरमा वृक्षरोपण समेत गरिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस