बुधबार, भदौ १७, २०८२
  • होमपेज
  • समाचार
  • नेकपा एकीकृत समाजवादीको बैठक आज पनि, महासचिव चयन गरिने
समाचार

नेकपा एकीकृत समाजवादीको बैठक आज पनि, महासचिव चयन गरिने

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ।

बिहान ११ बजे बस्ने बैठकले बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य निश्चित गर्ने एक नेताले जानकारी दिएका छन्।

विज्ञापन

मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरिसकेको छ।

विज्ञापन

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहका जवाफ दिँदै अध्यक्ष नेपालले जबजको सारभूत विचार आत्मसात् गर्दै समाजवाद र समृद्धिको यात्रामा अघि बढ्ने बताएका छन्।

आफूहरू एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा यसका विकृत पक्षमा नरहको धारणा नेपालले राखेका छन्। बैठकले समाजवाद नामको पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशन गर्ने निर्णय पनि गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस