On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माधव नेपालको हैसियत चुनावमा देखिनेछ : बास्कोटा
समाचार

माधव नेपालको हैसियत चुनावमा देखिनेछ : बास्कोटा

पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफ्नो नफुटेको दाबी गर्दै केही स्वार्थी नेताहरू मात्र पार्टीबाट अलग्गिएको बताएका छन् । उनले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताउँदै विगतमा उनलाई कुनै काँग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको जिकिर गरेका हुन् ।

‘माधव नेपालको पार्टीको हैसियत आउँदो चुनावमै देखिन्छ,’ मंगलबार प्रेस चौतारी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले उहाँको पछि लागेका चुनावसम्म एमालेमा आइसक्छन् । उहाँको पार्टी टिक्ने वाला छैन, उहाँले जबजसमेत पोलेर खाइसक्नुभयाे ।’ नेता बास्कोटाले आगामी चुनावसम्म माधव नेपाल र प्रचण्डलाई काँग्रेसले उपयोग गर्ने बताए । ‘काँग्रेसले चुनावको अगाडिसम्म यिनीहरूलाई स्वीकार गर्छ,’ उनले दाबी गरे, ‘चुनावका बेला सबैलाई लात हानेर काँग्रेस एक्लै लड्छ । काँग्रेसले उनीहरूसँग तालमेल गर्दा आफ्नै नेता कार्यकर्तालाई भागबण्डा पुग्दैन ।’ नेता बास्कोटाले अबको चुनाव काँग्रेस एमालेबीच मात्र प्रतिस्पर्धा हुने बताए ।

विज्ञापन

नेता बास्कोटाले एमसीसीको सम्झौता देउवा र प्रचण्डले गरेको बताउँदै उनीहरूले यसका बारेमा प्रष्ट धारण बनाउनु पर्ने बताए । उनले विदेशसँगको सम्बन्ध बिगार्न देउवा र प्रचण्ड विभिन्न खेल खेलेको आरोप लगाए । उनले एमालेको सरकार भएका बेला एमसीसीको फाइल तत्कालीन सभामुख कृष्ण बहादुर महरा र अग्नि सापकोटाले घर्रामा थन्काइदिएको आरोप पनि लगाए । ‘सत्तारुढ दलसँग झण्डै दुई तिहाइको बहुमत छ, एमसीसी पास गर्दा भयो नि, किन रोकेको ? एमाले किन चाहियो ?’ उनले प्रश्न गरे, ‘एमसीसी पास गर्ने, फेल गर्ने सत्ता पक्षको काम हो । एमालेको कुनै भूमिका छैन । संसद्मा पेस गरेपछि एमालेले के गर्ने भन्ने निर्णय गर्छ ।’

विज्ञापन

फरक प्रसङ्गमा बास्कोटाले सर्वोच्च अदालतले संविधान विपरीत संसद् पुनर्स्थापना गरेको बताएका छन् । बोल्दै नेता बास्कोटाले आफूले बिस पटक संविधान पढ्दा समेत कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख नगरेको बताए ।‘ उनले न्यायालयले न्याय दिनुपर्ने भए पनि पटकपटक गल्ती गर्ने गरेको आरोप लगाए । उनले सांसदहरूको निष्कासनका बारेमा अदालतबाट फरक फरक तीन तीन वटा निर्णय आएको बताए ।

बास्कोटाले देशको कानुन र संविधानको बेवास्ता गर्दै गण्डकी प्रदेश सरकारले आफू खुसी मनलाग्दो तरिकाले सञ्चारसम्बन्धी कानुन ल्याउन लागेको आरोप लगाए । नेता बास्कोटाले सरकारले केपी ओली सरकारले सुरु गरेका आयोजना योजना हटाएर विकास विरोधी चरित्र देखाएको आरोप लगाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस