शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • अर्को चुनावमा माओवादी देशकै ठूलो पार्टी बन्छ : प्रचण्ड
समाचार

अर्को चुनावमा माओवादी देशकै ठूलो पार्टी बन्छ : प्रचण्ड

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र अर्को चुनावमा देशकै ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने घोषणा गरेका हुन्।

विज्ञापन

‘विचारमा आधारित विधि, पद्धतिमा आधारित सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबैभन्दा ठूलो पार्टी माओवादी केन्द्र बन्नेछ’, प्रचण्डले भने, ‘आकारमा सानो भए पनि एजेण्डाका आधारमा माओवादी अहिले पनि देशको सबैभन्दा ठूलो दल हो।’

विज्ञापन

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध संघर्षको नेतृत्व माओवादीले गरेकाले पनि आफूहरु एजेण्डामा बलियो भएको तर्क उनले गरे।

‘संविधानसभा, गणतन्त्र, संघीयता जस्ता परिवर्तनका सबै एजेण्डा हाम्रै हुन्, केपी ओलीले प्रतिगमनमार्फत त्यसलाई खोस्ने षड्यन्त्र गरेपछि हाम्रै अगुवाइमा देशभर आन्दोलन भयो’, प्रचण्डले थपे, ‘त्यहीकारण उपलब्धी रक्षा गर्न सकिएको छ। यसबारे आमनेपाली जनता जानकार छन्।’

अध्यक्ष प्रचण्डले पार्टीका सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत चुनिने बताउँदै निर्वाचन आयोगको जानकारी र उपस्थितिबिना कुनै पनि कमिटीको निर्वाचन वा सम्मेलन नहुने बताए।

‘विधिसम्मत निर्वाचन सम्पन्न भएर आयोगले प्रमाणपत्र दिएर प्रमाणित नभएसम्म त्यसले आधिकारिकता पाउँने छैन’, उनले नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस