शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीमाथि टिप्पणी गर्नु समयको बर्बादी हो : माधव नेपाल
समाचार

केपी ओलीमाथि टिप्पणी गर्नु समयको बर्बादी हो : माधव नेपाल

पोखरा।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारलाई अघिल्लो सरकारले गरेका भ्रष्टाचारहरुको छानविन गर्न आग्रह गरेका छन्। नेकपा समाजवादी पार्टी कास्कीले संविधान दिवसको अवसरमा आईतबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा नेपालले यति काण्ड, वाईड वडी जहाज काण्ड, कोरोनाको औषधी खरिदलगायतका काण्डहरुको छानविन गर्न सरकारसँग माग गरेका हुन्।

विज्ञापन

 

विज्ञापन

देश र मुलुकलाई लुट्न नपाईने उनले बताए। ‘कोभिड–१९ को भ्याक्सिनमा अरबौंको भ्रष्टाचार, वाइड वडी जहाज खरिदलगायतमा किन छानविन हुँदैन ? यदि कसैको संलग्नता छैन भने छानविन गर्न किन डराउनु पर्‍यो। कुरा उठिसकेपछि छानविन गर्नु पर्दैन ? त्यसैले म सरकारसँग भन्न चाहन्छु: प्रत्येक भ्रष्टाचारको केसको बारेमा छानविन गर्ने काम गरोस्।’

 

अध्यक्ष नेपालले ओली सरकारले। म मुखमा मात्रै भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्नँ भन्दै जम्मै कोपर्ने, राज्यका सम्पतीमा लुट मच्चाउने काम गरेको आरोप लगाए। वाईड वडी विमान खरिदमा आफैले भ्रष्टाचार भएको देखेको बताउँदै नेता नेपालले भने, ‘एउटा भाउ दिएको छ, अनि पैसा त्यो भन्दा बढी दिएको छ, यसले त प्रष्टै देखाउँछ।’

 

उनले आफूहरू अब एमाले अध्यक्ष केपी ओलीबारे टिप्पणी गरेर समय बर्बाद गर्ने पक्षमा नरहेको बताए। आफूहरूलाई मार्क्स र कम्युनिस्ट गुरुहरूले गफ गर्ने, ढाँट्ने, मानमर्दन गर्ने र छल्ने नभई इमानदार भएर जनताको सेवा गर्ने संस्कार सिकाएको उनको टिप्पणी छ। जनताले विश्वास गरेर झन्डै दुईतिहाइ मत दिँदादिँदै संसदलाई र पार्टीलाई यो अवस्थामा ल्याउनेलाई जनताले नै सजाय दिने उनले बताए।

 

नेकपा एमाले र देशको अवस्था किन यस्तो भयो भन्ने सोच्ने वेला भएको भन्दै उनले आफूहरूले नयाँ पार्टी निर्माण गर्नुको औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ थियो। ‘हावादारी गफ गर्ने बद्ख्वाइँ गर्ने हामीलाई फुर्सद छैन। हामीले काम गरेर देखाउनुपर्नेछ। नयाँ पार्टी स्थापनाको औचित्य पुष्टि गर्नुपर्नेछ,’ नेपालले भने, ‘अहिले एमालेको नाम लिनेबित्तिकै जनताले नाकामुख खुम्च्याउँछन्। इज्जत गुमिसक्यो, संविधानको धज्जी उडाइएको छ। यस्ताहरूको कुरा गरेर बस्ने र त्यस्तै हावादारी गफ गर्ने र हाम्रो पनि पुरानै पारा भए मान्छेले भन्नेछन्, जुन जोगी आए पनि कानै चिरेका। के फरक देखाउने भन्नेमा प्रस्ट सोचका साथ अघि बढ्नेछौं।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस