शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बजार अनुगमनलाई तिब्रता दिदै भरतपुर महानगर, ईनर्जी फुड प्रालि बाट ठुलो मात्रामा म्याद सकिएको मासुजन्य उत्पादन बरामद
समाचार

बजार अनुगमनलाई तिब्रता दिदै भरतपुर महानगर, ईनर्जी फुड प्रालि बाट ठुलो मात्रामा म्याद सकिएको मासुजन्य उत्पादन बरामद

चितवन। भरतपुर महानगरले बजार अनुगमनलाई तीव्रता दिन थालेको छ। भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीको संयोजकत्वमा रहेको बजार अनुगमन निर्देशक समितिको निर्देशन अनुसार भरतपुर महानगरका राजस्व शाखाका अधिकृत थानेश्वर सापकोटाको नेतृत्वमा बजार अनुगमन सुरु भएको हो।

उपभोक्ताबाट पनि गुनासाहरु आउन थालेको र महानगरको पनि नियमित कार्यक्रम अन्तर्गत बजार अनुगमनलाई अगाडि बढाइएको अनुगमन समिति संयोजक सापकोटाले बताए।सापकोटाको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलिले भरतपुरको सिर्नजी रोडका केही खाद्य पसल मासु पसल र होटलको अनुगमन गरेको थियो ।

विज्ञापन

अनुगमनका क्रममा भरतपुर महानगर १० दिपेन्द्र चोकमा समिघ श्रेष्ठले सञ्चालन गरेको ईनर्जी फुड प्रा.लिमा प्याकिङ्ग गरिएको ठूलो मात्रामा मासु तथा मासुजन्य उत्पादन बरामद गरेको हो।

विज्ञापन

५/६ महिना अगाडिनै म्याद सकिएका प्याकिङ्ग गरिएको वफ मम, इस्प्रिङ रोल, चकलेट मम, प्राउन, कुखुराको मासु लगाएतका मासुका उत्पादन फेला पारेर नस्ट गरेको थियो। सो पसलबाट धेरै मात्रामा म्याद सकिएको मासुका उत्पादन बरामद गरि नष्ठ गरिएको महानगरका अनुगमन समितिका संयोजक सापकोटाले बताए।

उसलाई कसुरका आधारमा थप कारबार्ही हुने सापकोटा बताउछन्। त्यस्तै टोलीले लम्साल किराना स्टोर्समा लेवल नभएको स्वस्तिक ब्राण्डको चामल बिक्री गरेको भेटिएको र उसलाई पनि कानुनी दायरामा ल्याईने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताए।

टोलीले नेपाल मिटको पनि अनुगमन गरेको थियो भने अन्य केहि होटल र पसुलहरुको पनि अनुगमन गरेर खाद्य स्वच्छता कायम गर्न र सावधानी सहित व्यापार गर्न निर्देशन दिएको हो।

अनुगमनमा उद्योग वाणिज्य संघका तर्फबाट चेत नारायण सापकोटा, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक लेखनाथ सिग्देल, उपभोक्ता अधिकार संरक्षण मन्चबाट उपाध्यक्ष विष्णु भुषाल, नगर प्रहरी प्रमुख मेघराज भट्राई, नगर प्रहरी असई कृष्णप्रसाद सापकोटा ,राजश्व शाखा अधिकृत रोजी केशी, नगर प्रहरी लगाएत को सहभागिता रहेको थियो।

अब बजार अनुगमनलाई निरन्तर अगाडि बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए। पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबार्ही प्रक्रिया अगाडि बढाउने उनको भनाई छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस