काठमाण्डौ । जतिबेला माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य, महिला नेतृ रेनु दाहाललाई भरतपुर महानगरको प्रमुखका रूपमा अघि सार्ने निर्णय गर्यो, विरोधी कित्ताबाट मात्र नभएर पार्टीभित्रकै कैयौं नेताहरूले पार्टी निर्णयमाथि अनेकौं टिकाटिप्पणीहरू गरे।
आफ्नो जीवनको किशोरावस्थादेखि लगातार माओवादी आन्दोलनमा सक्रिय रेनुलाई पार्टी नेतृत्वको छोरीका रूपमा चित्रण मात्र गरिएन, उनले भरतपुरमा केही गर्न नसक्ने भविष्यवाणिसमेत गरियो।
विज्ञापन
चुनावी दौरानसम्म पुग्दा विरोधीहरूले अनेकौं कुप्रचारद्वारा उनको विजयलाई रोक्ने प्रयास गरे। तर, जनमतको बलमा ती सबै प्रयासहरू किनारा लागे।
विज्ञापन
संघीय प्रणालीको अभ्यासपूर्व चितवनलाई ७६ औं जिल्ला भनिन्थ्यो, जहाँ देशैभरिको जनसंख्या, भाषा, संस्कृति, सभ्यता र मनोविज्ञानको संकेन्द्रण हुँदै आएको छ।
यस्तो विविधतायुक्त र अनेकौं चुनौतीले घेरिएको जिल्लामा रेनुले के पो गर्लिन् ? भन्ने कोणबाट विमर्शहरू गरिए। आलोचकहरूले उनलाई चितवनबारे खास जानकारी नभएकोसम्म भन्न भ्याए।
तर, रेनुको कार्यकालको चार वर्षको अवधिसम्म आइपुग्दा चितवनको मुहार फेरिएको छ, विरोधीहरूले लगाएका सम्पूर्ण अभियोगहरू मात्र खारेज भएका छैनन्, उनलाई निरिह जनप्रतिनिधिका रूपमा चित्रण गर्नेहरूका भविष्यवाणिसमेत मिति सकिएका औषधीजस्ता भएका छन्। प्रतिशोधको चश्मा खोल्ने जो–कसैले अहिले दावीका साथ भन्न सक्छन् – ‘‘रेनु दाहाल जनप्रतिनिधिमध्ये अब्बल मेयर हुन्।’’
देशभरि ७५३ स्थायी तह छन्, केही स्थानीय तहले नमूनायोग्य काम गरे पनि अधिकांश स्थानीय तह र त्यहाँ निर्वाचित जनप्रतिनिधिहरू गुमनाम छन्। तर, भरतपुर र रेन दाहालले निर्वाचनयता नकारात्मक कामका कारण होइन, सकारात्मक काम र इच्छाशक्तिका कारण चर्चामा छन्।
भरतपुरको विकासका निम्ति उनले देखाएको इच्छाशक्ति र भरतपुरको विकासको तथ्यांकले उनी वर्तमानमा मात्र नभएर भविष्यका निम्तिसमेत सर्वमान्य नेताका रूपमा स्थापित हुँदैछिन्।
ओली नेतृत्वको सरकारले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानगर प्रमुख रेनु दाहाललाई राजनीतिक दृष्टिले कमजोर पार्न अनेकौं हतियारको प्रयोग गर्यो। तर, प्रचण्ड र रेनुहरू त्यसका विरुद्ध दृढतापूर्वक लडिरहे। माडीमा राममन्दिर निर्माण गरेर प्रचण्डमाथि हमला गर्ने र भरतपुरलाई स्मार्ट सिटीबाट हटाएर र विकास आयोजनामाथि हस्तक्षेप र अवरोध गरेर प्रचण्ड–रेनुमाथि आक्रमण गरियो।
तर, राजनीतिमा असहिष्णु व्यवहारको आयु क्षणिक हुन्थ्यो र भयो पनि। अहिले ओली आफ्नै अहम् र पूर्वाग्रहका कारण बालुवाटारबाट बालकोट धकेलिएका छन्। यद्यपि, ओलीले विगतमा चालेको प्रतिशोधपूर्ण कदमको मारमा रेनुभन्दा बढी भरतपुरबासी परेका छन्।
चार वर्षको दौरानमा चितवन र भरतपुरमा प्रचण्डको अभिभावकत्व र रेनुको पहलमा जति भौतिक, प्राविधिक र मानवीय विकास भएको छ, त्यति विकास बहुदलीय व्यवस्थाको स्थापनादेखि संघीय प्रणालीको अभ्यासपूर्व कहिल्यै भएको थिएन।
ठूला पूर्वाधारहरूको विकास, सडकमार्गको स्तरोन्नति र नयाँ सडक निर्माण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा पूर्वाधार विकास र गुणस्तरमा चालिएका कदम, कृषि क्षेत्रको विकास र प्रविधिको प्रयोगमा प्राप्त सफलता, विज्ञान–प्रविधिको प्रयोगमार्फत् उत्तरदायी जनसेवा, सुशासनका क्षेत्रमा प्राप्त सफलताजस्ता सूचकहरूले भरतपुरले पहिलोपटक सबैभन्दा बढी जनउत्तरदायी जनप्रतिनिधि प्राप्त गरेको अनुभूत हुँदैछ।
राजनीतिक आस्थाका दृष्टिले उनको कदमको आलोचना गर्नेहरू होलान्। तर, उनले गरेको कामबारे तथ्यपूर्ण ढंगले आलोचना गर्नसक्ने ल्याकत विरोधीहरूमा पनि छैन।
साना ठूला करदाताको सूचीकरण, वडामा स्थलगत रूपमा कर शिक्षा र स्थलगत रूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेशन तथा अनलाइन भुक्तानीको व्यवस्था जस्ता उपायहरू अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पारिएका कारण पनि भरतपुरले आन्तरिक स्रोतको सवलीकरणमार्फत् पूर्वाधार एवं मानवीय विकास र सुशासनका क्षेत्रमा गुणात्मक फड्को मार्न सम्भव भएको देखिन्छ।
भरतपुर महानगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको दर्जनौँ आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका छन्। कोभिड–१९ को प्रकोपबाट सबैभन्दा धेरै प्रभावित भएर पनि रेनुको सक्रियतामा नगरपालिकाका योजनाले गति लिएका हुन्।
भरतपुर मेट्रो प्लाजा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम, खानेपानी विस्तारका कार्यक्रम, कृषिमा यान्त्रिकीकरण कार्यक्रम, नदी किनारमा आधुनिक विकास, यातायात कार्यालय स्थापना लगायतका आयोजनाहरू महानगरले तीव्रताका साथ अगाडि बढाइरहेको देखिन्छ।
अघिल्लो सरकारले माओवादी केन्द्रका अध्यक्षसँग राजनीतिक प्रतिशोध राखेर केन्द्र स्तरका अधिकांश योजनाको बजेट कटौती र विकासका काममा व्यावधान खडा गरिए पनि ती योजनाहरू नगरकै सामर्थ्यमा अगाडि बढाउने प्रयास भइरहेको देखिन्छ।
महानगरले हुलाकी सडकको स्तरोन्नति र कालोपत्रे, भरतपुर विमानस्थलको क्षमता विस्तार र सुधार, चौबिसकोठी मेघौली सडकखण्ड निर्माण र सुधार, महानगरको गौरवको आयोजनाका रूपमा सिटीहलको निर्माण, महानगरभित्र सडक सञ्जाल बिस्तार, सुधार र कालोपत्रे, स्मार्ट सडकबत्तीको व्यवस्था, महानगरीय रिङरोड निर्माण, मर्मत र स्तरोन्नति लगायतका पूर्वाधार र मानवीय विकासका काम प्राथमिकताका साथ अघि बढेको देखिन्छ।
त्यसैगरि भूमिहिन र सुकुम्बासीहरूमा समस्याको दीर्घकालीन समाधानका लागि लक्षित वर्गको पहिचानको कार्यक्रममा अग्रसरता, विद्युत लाइन अण्डरग्राउण्डिङको योजना, नगरका सबै वडामा आधुनिक वडा कार्यालय भवनको निर्माण, गरीब तथा विपन्नहरूका लागि स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न अनुदान तथा छात्रवृत्ति कार्यक्रमहरू, नदी कटान नियन्त्रण तथा बस्ती विकास, स्थानीय पर्यटनका निम्ति पूर्वाधार र प्रवद्र्धन लगायतका कार्यक्रमले भरतपुरको मुहार फेरिएको अनुभूति हुन्छ।
कुनै बेला थियो, भरतपुर मुलूकको केन्द्र भागमा हुँदाहुँदै पनि देशको प्राथमिकतामा पर्दैनथ्यो। परम्परागत कृषिमा आश्रित भरतपुर पछिल्लो समय हरेक क्षेत्रमा देशको नमूना शहरका रूपमा विकासको रफ्तारमा अग्रसर छ। सफा शहरी वातावरण, चिल्ला सडकहरू, हरियाली खेतहरू, आकर्षण आधुनिक पूर्वाधार मात्र होइन, सयौं पर्यटकीय गन्तव्य, स्वरोजगारका निम्ति भौतिक र मनोवैज्ञानिक वातावरणको निर्माण, शिक्षा, स्वास्थ्य र दीगो विकासका सूचाकांकहरूमा आएको गुणात्मक परिवर्तनजस्ता कामले चितवन र मुख्यतः भरतपुर देशकै आकर्षणको केन्द्र बनेको छ। यसरी हेर्दा भरतपुर देशकै नमूना र तीव्रतर विकास भएको शहरका रूपमा दर्ज भएको छ।
मानवीय विकासका क्षेत्रमा भरतपुरमा रेनुले देखाएको अग्रसरता देशकै निम्ति नमूनायोग्य र अनुकरणीय छ। को,भि,ड–१९ को प्रकोपको प्रारम्भमै को,भिड अस्पताल खडा गरी निशुल्क उपचारको प्रबन्धदेखि स्वास्थ्यकर्मी र नागरिकको स्वास्थ्य संवेदनशीलताप्रति उनले देखाएको चासोले राष्ट्रिय चर्चाको रूप लिन पुग्यो। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगका निम्ति नगरले लिएको नीति र त्यसको कार्यान्वयन, आधारभूत तहका जनताको जीवनस्तर उकास्न उनले अघि सारेका आर्थिक तथा उत्पादकत्वसम्बन्धी नीतिहरू, सुकुम्बासी र भूमिहिनहरूको समस्या सम्वोधनका निम्ति उनले देखाएको अग्रसरता आदि विषयहरूले उनको जनताप्रतिको अटुट प्रेम र जिम्मेवारीवोधलाई अभिव्यक्त गर्दछ।
उल्लेखित तथ्यहरूले भरतपुर महानगरमा रेनुको कार्यकाललाई स्वर्णीम् काल मान्न सकिन्छ। आफ्नो नगरको विकास निम्ति उनले जुन इच्छाशक्ति, निष्ठा र इमान्दारिता देखाएकी छिन्, त्यसको २० प्रतिशत मात्र अनुभव र शिक्षा लिन सकेमा देशका अधिकांश स्थानीय तहको मुहार फेर्न सकिन्छ।
राजनीतिक आस्थाका कारण विरोध गर्नेहरूको त कुनै उपचार छैन। तर, मनमस्तिष्कदेखि विकासप्रति इमान्दार हुनेहरूले रेनुबाट धेरै कुरा सिक्न सक्छन्। त्यसैले भन्न सकिन्छ – ‘‘मेयर होओस् त रेनु दाहालजस्तो।’’
यी सवैको कारण जनताले भन्न थालेका छन्
उहाँ भरतपुर महानगरपालिकाको मेयर रेनु दहाल,उहालाई धेरैले मतपत्र च्यातेर,बत्ती मारेर बिजयी भएर मेयर भएको भनिन्छ,मलाई जहा सम्म लाग्छ रेनु दहाल नेपालकै एक सफल मेयर हुनुहुन्छ ।
फेसबुक प्रतिक्रियाहरु