शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • नेपालमा दैनिक दुई झोलुङ्गे पुल निर्माण
Breaking News

नेपालमा दैनिक दुई झोलुङ्गे पुल निर्माण

काठमाडौँ ।

देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् ।

विज्ञापन

सरकारले चालू आर्थिक वर्षमा ७३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । हालसम्म देशभर नौ हजार २०० झोलु्ङ्गे पुल निर्माण भइसकेका छन् । मागअनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

विज्ञापन

निर्माण सम्पन्न पुलमध्ये सङ्घीय सरकारले ११० वटा र प्रदेश र स्थानीय तहले ६२० गरी यस वर्ष ७३० वटा झोलुङ्गे पुल बनाएका छन् । गत वर्ष सरकारले ६२१ वटा यस्ता पुल निर्माण गरेको थियो । स्थानीय पूर्वधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भन्नुभयो, “पहिला झोलुङ्गे पुल नदी तरितराउका लागि मात्र हुन्थ्यो, अहिले नदी तरितराउका साथै आवतजावतमा दूरी घटाउने तथा पर्यटकीय दृष्टिले पनि निर्माणको माग हुँदै आएका छन् ।”

उहाँका अनुसार पुल निर्माणका लागि सरकारले सबै प्रकारको सहयोग गरेको र अहिले लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माण गर्न थप सहज भएको छ । १२० मिटरभन्दा लामो झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दूरीका झोलुङ्गे पुल प्रदेश र स्थानीय तहले बनाउँदै आएका छन् । तीनवटै तहले पुल निर्माण गरेकाले धेरै सङ्ख्यामा पुल निर्माण हुन सकेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस