शनिबार, साउन १२, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालले अमेरिका बिरुद्ध टस हालेर बलिङ गर्दै
क्रिकेट

नेपालले अमेरिका बिरुद्ध टस हालेर बलिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले दोस्रो सिरिजमा अहिले अमेरिकासँग खेल्दैछ । जसमा अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमान स्थित अल अमारत क्रिकेट मैदानमा नेपाली टिमले कुनै परिवर्तन गरेको छैन । पीएनजीसँग दोस्रो खेल खेलेको टिम नै रहेको छ ।

विज्ञापन

नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी चोटका कारण यो सिरिज खेल्न नसक्ने भइसकेका छन । जसका कारण टिमको मध्यक्रममा केहि सन्तुलन नमिल्ने हो की भन्ने चिन्ता बढेको छ ।

विज्ञापन

यता अमेरीकी टिममा पनि अन्तिम समयमा दुई खेलाडीले चोट बोक्दा टिम बाहिर भएका छन । उसका मध्यक्रमका खेलाडी आरोन जोन्स र तेज गतिका बलर जेसी सिंह चोटका कारण टिमबाट बाहिरिएका छन ।

यसपटकको अमेरिकी टिममा प्रशिक्षकसहित केहि खेलाडी परिवर्तन भएका छन । नेपालले जस्तै अमेरिकाले पनि यो सिरिज अगाडी पीएनजीविरुद्ध दुई मैत्रीपुर्ण खेलमा जित निकालेको थियो ।

आजको खेलमा नेपालका लागि सन्दिप लामिछाने नै मुख्य हतिहार हुनेछन । भारत, पाकिस्तान, वेष्ट इन्डिजका खेलाडीलाई सम्मिलत गरेर अमेरिकी टिम तयार भएको छ ।

नेपाललाई यो प्रतियोगिताको शिर्ष तीनमा रहनका लागि जारी सिरिजमा राम्रो नतिजा अपरिहार्य रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस